• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

राष्ट्रिय खाद्य बैंकको प्रवन्ध निर्देशकमा रामशरण देउजा नियुक्त



काठमाण्डौ । राष्ट्रिय खाद्य बैंक लिमिटेडको प्रवन्ध निर्देशकमा सोही बैंकका सञ्चालक एवम् चर्चित निर्माण व्यवसायी रामशरण देउजालाई नियुक्त गरिएको छ ।

बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले देउजालाई प्रवन्ध निर्देशकमा नियुक्त गरेको हो । देउजा यसअघि पनि स्वयंसेवी रुपमा सो बैंकमा सञ्चालक सदस्यको रुपमा कार्य गर्दै आएका थिए ।
नवनियुक्त प्रवन्ध निर्देशक देउजाले हाललाई बैंकबाट तलव या अन्य कुनैपनि सेवासुविधा नपाउने गरि स्वंयमसेवी प्रवन्ध निर्देशकको रुपमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

यसैगरि सञ्चालक समितिको बैठकले बैंकको विभिन्न विभागको प्रमुख नियुक्ति गर्नुको साथै केही पदहरुमा मनोनित पनि गरेको छ । जसअनुसार पुर्व राज्यमन्त्री उमेश श्रेष्ठ र शिक्षासेवी (पुर्व क्याम्पस प्रमुख) केदार श्रेष्ठलाई बैंकको संरक्षकमा नियुक्त गरेको छ ।

यसैगरि हाल अमेरिकामा रहेका शान्त बहादुर कुँवर, मेघा बैंक लिमिटेडका सञ्चालक सदस्य गोपाल खनाल, नेपाल राष्ट्र बैंकका सञ्चालक सदस्य डा.शंकर आचार्य र सोही बैंकका सचिवालय सदस्य घनश्याम नेपाललाई सो बैंकको सल्लाहकारमा नियुक्त गरेको छ ।

यसैगरि सञ्चालक समितिको बैठकले सो बैंक मातहत रहेका विभिन्न विभागहरुको जिम्मेवारी पनि तोकेको छ । जसअनुसार शसस्त्र प्रहरीका पुर्व महानिरीक्षक एवम् बैंकको सञ्चालक सदस्य पुष्पराम केसीलाई अनुगमन, मुल्यांकन तथा मानव श्रोत व्यवस्थापन विभाग र प्रांगारिक मल उत्पादन तथा वितरण विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ ।

यसैगरि कृषि पर्यटन तथा प्रवद्र्धन विभागमा प्रा.डा.जीवनाथ धिताल, भौतिक पुर्वाधार तथा निर्माण विभागमा इन्जिनियर राजन पाण्डे, अनुसन्धान एवम् विकास विभागमा कृषि वैज्ञानिक छवि पौडेल, प्रचार प्रसार विभागमा किरण रेग्मी, संघसंस्था, प्रदेश, जिल्ला र स्थानीय तह समन्वय विभागमा हरिकृष्ण दाहाल, महिला उद्यमी सम्पर्क तथा समन्वय विभागमा कमला डिसी,वीऊ विजन सेवा केन्द्रमा बसन्त उप्रेती र कृषि प्राविधिक सेवा समन्वय केन्द्रमा छवि पौडेललाई प्रमुखको जिम्मेवारी तोकिएको छ ।

यसैगरि बजार व्यवस्थापन एवम् भण्डारण, मार्ट सञ्चालन र आयात निर्यात विभागको प्रमुखमा इश्वर लुइँटेल तथा वैदेशिक तथा कुटनैतिक आयोग नियोग सम्पर्क विभागमा आङ्ग तेम्बा शेर्पालाई जिम्मेवारी तोकिएको छ ।

सञ्चालक समितिले बैैंकको तेस्रो वार्षिक साधारण सभा आउँदो पुस २७ गते शंखमुलस्थित यल: पार्टी भेन्यूमा आयोजना गर्ने पनि निर्णय गरेको छ ।

रैथाने प्रविधि, वीऊवीजन र प्रांगारिक मलको प्रयोग गरि खेती गरेर उत्पादित विशुद्ध प्रांगारिक खाद्यवस्तुको प्रवद्र्धन र विक्री वितरण गर्ने उद्धेश्यले तीनवर्ष अघि सो बैंकको स्थापना भएको हो ।