• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध ★   सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिँदै, कांग्रेस र लोसपा सहभागी हुने ★   कांग्रेस संसदीय दलको बैठक बस्दै ★   काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बाढीका चेतावनी ★   पोर्चुगललाई पेनाल्टीमा हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा ★   दम्भभित्र लुकेको प्रधानमन्त्री दाहालको ‘अ’विश्वासको मत ★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा

जुकरबर्गको नयाँ इन्भेन्सन: मेसेन्जर रुमबाट अब ५० जना सम्म एकैसाथ कुराकानी गर्न मिल्ने !



एजेन्सी । सामाजिक संजाल फेसबुक (अनुहार किताब) मा संस्थापक मार्क जुकरबर्गले निशुल्क रुपमा श्रब्य दृश्य (भिडियो) मा ५० जना सम्म एकैचोटी कुराकानी गर्न सकिने नयाँ विशेषता जोडेका छन् । उनले स्वयम् अप्रिल २४ का दिन प्रत्यक्ष प्रसारण आफै गरि कोरोना भाइरसमा घरमै बस्नु परेकोले नयाँ चिज ल्याएको बताए ।

उनले आफ्नै नामबाट प्रत्यक्ष प्रसारण गरि ल्याएका सबै चिजको विशेषताको बारेमा प्रकाश पारे । वर्तमान समयमा जुमले विश्व नै पकड गर्दै गरेको अवस्थामा उनले उक्त खतरालाई चुनौती दिन नयाँ बिशेषता ल्याएका हुन् । उनले घोषणा गरे पछि जुमको बजार भाउ खस्किन थालेको छ ।

नया आकृतिमा मेसेन्जर रुम नामक विशेषता रहेको छ जसमा हामीले ५० जना सम्म समूह एकै निर्माण गर्न सक्दछौ । आज उक्त घोषणा गर्नु अगाडी सम्म केवल ८ जना मात्र समूह बनाउन सकिन्थ्यो ।

व्हाट्सअप र फेसबुक (अनुहार किताब) बाट दैनिक रुपमा ७०० सय मिलियन मानिसहरु कुराकानी गर्ने उनले बताए । भिडियो९श्रब्य दृश्य०मा कुराकानी अन्तर्गत मेसेन्जर रुम (सन्देश कक्ष) उक्त नयाँ विशेषतामा रहेको छ । जस्मा प्रयोगकर्ताले ५० जना सम्मलाई निम्तो दिन सक्ने छन् भनिएको छ ।

जुमको बजार ३ प्रतिसतले दैनिक बढ्ने गरेकोमा उक्त समाचार र जुकरबर्गले प्रत्यक्ष प्रसारण गरे पछि ५ प्रतिसत मुनि झरेको छ ।

५० जनालाई सीमित गरिएको मेसेन्जर रुम (सन्देश कक्ष) नामक नयाँ आकृति तुरुन्तै चाही उपलब्ध छैन । तर जुमले कम्तिमा १०० जना संग ४० मिनेट सम्म गर गर्न दिने प्रविधि बनाएको छ ।

तर फेसबुकले निर्माण गरेको सन्देश कक्षमा भने समयको सीमितता छैन । जस्ले आतिथ्य गर्छ उसले नचाहिनेलाई रोक्न सक्ने र हटाउन पनि सक्ने बिशेषता छ । फेसबुक र मेसेन्जर पहिलेनै भएका प्रयोगकर्ताले सन्देश कक्ष निर्माण गर्न सक्ने छन् । उसले कसैलाई पनि प्रवेश दिन सक्ने छन भने जसको अनुहार किताब खाता नै छैन भनि पनि उसलाई समेत जोड्न मिल्न सकिने छ ।

मेसेन्जर रुम आज शुक्रबार देखि नै गर्न सकिने छ भने अर्को हप्ता सम्म अन्य अरु क्षेत्रमा विस्तार गरिने छ । यसको साथै व्हाट्सअपमा पनि पहिले ४ जना मात्र जोडिन सकिन्थ्यो भने हाल ८ जना सम्म जोड्न सकिने बनाएको छ ।

साथै उनको अर्को सामाजिक संजाल इन्सटाग्रामबाट पनि प्रत्यक्ष प्रसारण गरिन सकिने भएको छ ।