९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा टेलिग्राम एप तत्काल बन्द गराउन निर्देशन



अ+ अ-

काठमाडौँ । नेपाल दूरसंचार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द गराउन निर्देशन दिएको छ ।

प्राधिकरणले सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको हो ।

यस एपमार्फत अनलाइन ठगीको संख्या निरन्तर बढेको र मनी लाउन्डरिङ जस्ता गम्भीर अपराधमा संलग्न रहेको बुझिन आएकाले बन्द गराउन निर्देशन दिएको प्राधिकरणले जनाएको छ ।

योसँगै अबको केही समयमै टेलिग्राम बन्द हुनेछ । टेलिग्राम सन्देश आदानप्रदानसहित मनोरन्जनात्मक फिल्म, सिरिज लगायत टेलिश्रृङ्खलाहरु हेर्नका लागि चर्चित थियो ।

नेटफ्लिक्स, अमेजन प्राइम लगायतका ओटीटीका सम्पूर्ण सामग्रीहरु टेलिग्राममा उपलब्ध हुने हुँदा युवामाझमा यो निकै प्रयोग हुने एप थियो ।