काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले मन्त्रालयमा सूचीकृत भएकाबाहेक सम्पूर्ण समाजिक सञ्जाल प्लेटफर्महरु क्रमशः निष्क्रिय गर्ने प्रक्रिया सुरु गर्ने भएको छ ।
यसका लागि मन्त्रालयले दूरसञ्चार तथा इन्टरनेट सेवाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको जनाएको छ ।
आज मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले गरेको निर्णयानुसार नेपालमा सूचीकरण हुन नआएका सामाजिक सञ्जाल प्लेटफर्मलाई तत्काल निष्क्रिय बनाउने निर्णय गरेको हो ।
सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को यही भदौ ९ गते निर्णय कार्यान्वयन गर्न मन्त्रालयले सो प्रक्रिया थालेको हो ।
यो निर्णयसँगै अब कुन–कुन सामाजिक सञ्जाल नेपालमा चलाउन सकिन्छ भन्ने विषयमा चौतर्फी चासो बढेको छ ।
मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार हालसम्म टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ सूचीकृत भइसकेका तथा टेलिग्राम र ग्लोबल डाइरी सूचीकृत हुने प्रक्रियामा रहेको छ ।
सञ्चार मन्त्रालयमा सूचीकृत नभएका यी सञ्जाल, जुन बन्द हुनेछन्ः
– फेसबुक
– म्यासेन्जर
– इन्स्टाग्राम
– युट्युब
– ह्वाट्सएप
– ट्विटर (एक्स)
– लिंक्डइन
– स्न्याप च्याट
– रेडिट
– डिस्कर्ड
– पिन्ट्रेस्ट
– सिग्नल
– थ्रेड
– वी च्याट
– कोरा
– सम्ब्लर
– क्लब हाउस
– मास्टर डन
– रम्बल
– मि वी
– मि भिके
– लाइन
– इमो
– जालो
– सोल
– हाम्रो पात्रो
दर्ताका लागि निवेदन प्राप्त भएका सञ्जालहरु
–टेलिग्राम
–ग्लोबल लिंक
सूचीकृत भएका पाँच सञ्जाल, जुन निरन्तर चल्नेछन्
– टिकटक
– भाइबर
– निम्बज
– वीटक
– पोपोलाइभ










