९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचना प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिलाई तीव्रता प्रधानमन्त्रीको आग्रह



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिको तीव्रता दिनुुपर्नेमा जोड दिनुुभएको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन, २०२५ लाई भर्चुअलरुपमा आज सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सूचना प्रविधिको उपयोग अनिवार्य भएको बताउनुुभयो ।

उहाँले आफ्नो पहिलो प्रधानमन्त्रीको कार्यकालमा सिङ्गो मुलुकलाई प्रविधिमैत्री तुल्याउन डिजिटल नेपालको फ्रेमवर्क तयार गरेको र अहिले त्यसलाई कार्यान्वयनको काम भइरहेको बताउँदै हालै आर्टिफिसियल इन्टेलिजेन्ट्स (एआइ) सम्बन्धी नीति ल्याएको उल्लेख गर्नुभयो ।

साथै उहाँले कानुुनमा संशोधनमार्फत नेपालमै बसेर सूचन र प्रविधिका क्षेत्रमा विदेशमा कम्पनी खोल्न सकिने व्यवस्था गरिएको पनि उहाँले स्मरण गर्नुभयो ।

“हामी देश, समाज र सिङ्गै मानव जातिलाई अझ उन्नत र परिस्कृत बनाउन सूचना प्रविधिको उपयोग गर्नुपर्छ । सुशासन कायम र भ्रष्टाचार नियन्त्रणमा यसलाई प्रयोग गर्दै विकासमा व्यापकता, सामाजिक सद्भाव र नवीनताका लागि सहयोग लिन आग्रह गर्दछुु ।’’, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “हामीले गत वर्षको एसइईमा अनलाइन कक्षाका माध्यमबाट १४ प्रतिशतसम्म नतिजामा सुधार ल्याउन सकेका छौँ ।

यस्तै स्वास्थ्य र अन्य क्षेत्रमा पनि सूचना प्रविधिको उपयोग गर्दै आएका छौँ । यसको दुरुपयोगबाट हुने कमीकमजोरी र विकृतितप्रति हामी सजग हुनुपर्छ ।’’

प्रधानमन्त्री ओलीले सरकार प्रेस तथा अभिव्यक्तिका पक्षमा रहेको स्पष्ट गर्दै समाजलाई हानी पुग्ने खालका सूचना सम्प्रेषण भने गर्न नहुने बताउनुुभयो । रासस