• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ ★   नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध ★   आजको आईपीएल: प्लेअफको सम्भावना कायम गर्न गुजरातले कोलकातालाई जित्नैपर्ने ★   वर्षाका कारण मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती ★   कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत, कांग्रेस अनुपस्थित ★   मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’ ★   स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री ★   दुर्गा मन्दिर: परियारले बनाए, गैरदलितले सघाए ★   तीन फरक घटनामा ५ जना पक्राउ ★   पाहा मार्न गएका युवा खोलामा बेपत्ता

८५ करोडमा बनेको ‘डंकी’ले रिलिज अगाडि नै कमायो १०० करोड



एजेन्सी । शाहरुख खान अभिनित फिल्म ‘डंकी’ २१ डिसेम्बरमा रिलिज हुँदैछ । फिल्मको बजेट ८५ करोड रहेको छ, जुन पछिल्लो ५ वर्षमा शाहरुखका फिल्ममध्ये सबैभन्दा कम हो ।

तर, यो बजेटमा स्टारकास्टको शुल्क भने जोडिएको छैन । फिल्मले रिलिज हुनुअघि नै गैर–थिएटर राइट्सबाट सय करोड रुपैयाँ संकलन गरिसकेको छ ।

पिंकभिलाको रिपोर्ट अनुसार डङ्की फिल्म ८५ करोडको बजेटमा बनेको हो । फिल्मको नाफाबाट शाहरुख र निर्देशक राजकुमार हिरानीले आ–आफ्नो हिस्सा पारिश्रमिक लिने बताइएको छ । प्रिन्ट र पब्लिसिटीको लागत जोड्ने हो भने फिल्मको बजेट करिब १२० करोड रुपैयाँ छ ।

फिल्म डंकीको सुटिङ ७५ दिनमा सम्पन्न भएको थियो, जसमध्ये शाहरुख खानको दृश्यको सुटिङ ६० दिनसम्म चलेको थियो ।

रिलिज अघि नै निर्माताले फिल्मको गैर–थिएटर अधिकार बेचेका छन्, जसका कारण फिल्मले १०० करोड कमाएको छ ।

फिल्म डंकीलाई राजकुमार हिरानीले निर्देशन गर्दैछन् । राजकुमार हिरानी एक मात्र निर्देशक हुन् जसले बलिउडमा अहिलेसम्म सर्वाधिक हिट फिल्म दिने रेकर्ड बनाएका छन् । राजकुमार हिरानीले जम्मा ५ फिल्म निर्देशन गरेका छन् तर ती सबै फिल्म सुपरहिट भएका छन् ।

हिरानीले निर्देशन गरेका फिल्मको बजेट र कमाईः
फिल्म                               बजेट                                             कलेक्शन
मुन्नाभाई एमबीबीएस          १० करोड                                      ३४.६ करोड
लगे रहो मुन्नाभाई                 १९ करोड                                 १२७.५५ करोड
थ्री इडियट्स                       ५५ करोड                                 ४००. ६१ करोड
पीके                                 १२२ करोड                                   ७६९.८९ करोड
सञ्जु                               ९६ करोड                                   ५८६.८५ करोड