६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

८५ करोडमा बनेको ‘डंकी’ले रिलिज अगाडि नै कमायो १०० करोड



अ+ अ-

एजेन्सी । शाहरुख खान अभिनित फिल्म ‘डंकी’ २१ डिसेम्बरमा रिलिज हुँदैछ । फिल्मको बजेट ८५ करोड रहेको छ, जुन पछिल्लो ५ वर्षमा शाहरुखका फिल्ममध्ये सबैभन्दा कम हो ।

तर, यो बजेटमा स्टारकास्टको शुल्क भने जोडिएको छैन । फिल्मले रिलिज हुनुअघि नै गैर–थिएटर राइट्सबाट सय करोड रुपैयाँ संकलन गरिसकेको छ ।

पिंकभिलाको रिपोर्ट अनुसार डङ्की फिल्म ८५ करोडको बजेटमा बनेको हो । फिल्मको नाफाबाट शाहरुख र निर्देशक राजकुमार हिरानीले आ–आफ्नो हिस्सा पारिश्रमिक लिने बताइएको छ । प्रिन्ट र पब्लिसिटीको लागत जोड्ने हो भने फिल्मको बजेट करिब १२० करोड रुपैयाँ छ ।

फिल्म डंकीको सुटिङ ७५ दिनमा सम्पन्न भएको थियो, जसमध्ये शाहरुख खानको दृश्यको सुटिङ ६० दिनसम्म चलेको थियो ।

रिलिज अघि नै निर्माताले फिल्मको गैर–थिएटर अधिकार बेचेका छन्, जसका कारण फिल्मले १०० करोड कमाएको छ ।

फिल्म डंकीलाई राजकुमार हिरानीले निर्देशन गर्दैछन् । राजकुमार हिरानी एक मात्र निर्देशक हुन् जसले बलिउडमा अहिलेसम्म सर्वाधिक हिट फिल्म दिने रेकर्ड बनाएका छन् । राजकुमार हिरानीले जम्मा ५ फिल्म निर्देशन गरेका छन् तर ती सबै फिल्म सुपरहिट भएका छन् ।

हिरानीले निर्देशन गरेका फिल्मको बजेट र कमाईः
फिल्म                               बजेट                                             कलेक्शन
मुन्नाभाई एमबीबीएस          १० करोड                                      ३४.६ करोड
लगे रहो मुन्नाभाई                 १९ करोड                                 १२७.५५ करोड
थ्री इडियट्स                       ५५ करोड                                 ४००. ६१ करोड
पीके                                 १२२ करोड                                   ७६९.८९ करोड
सञ्जु                               ९६ करोड                                   ५८६.८५ करोड