१२ असार २०८३, शुक्रबार
,
Latest
ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत



अ+ अ-

काठमाडाैंः  मन्त्रिपरिषदको बैठकले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्शाइ आफ्नो पदबाट दिएको राजीनामा कात्तिक २४ गतेदेखि नै लागु हुने गरी स्वीकृत गर्ने निर्णय गरेको छ । उपरथी पाण्डेको नागरिकता र शैक्षिक प्रमाणपत्रमा  फरक जन्ममिति देखिए पछि विवाद उत्पन्न भएको थियो ।

बैठकपछि सरकारका प्रवक्ता एवं संचार मन्त्री रेखा शर्माले जारी गरेको नोटमा उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा पनि स्वीकृत गर्ने उल्लेख छ ।

साथै, विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने, प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गर्ने तथा
सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने (रा.प. द्धितीय श्रेणी, सरकारी वकिल, रा.प. द्धितीय श्रेणी उपसचिव (राजश्व), प्रहरी नायव उपरीक्षक र रा.प. तृतीय डाटा एनाइलाइटिस्ट) निर्णय भएको छ ।