२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम: हल्का हिमपातको सम्भावना



अ+ अ-

काठमाडौँ पश्चिमी वायुको आंशिक प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शुक्रबार देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज काठमाडौँको अधिकतम तापक्रम २२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १० दशमलव ३ डिग्री सेल्सियस रहेको छ ।रासस