२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एनएसएलले नेपाली फुटबललाई नयाँ उचाईमा पुर्याउनेछ’



अ+ अ-

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को आयोजकले शुक्रवारदेखि शुरु हुने दोस्रो संस्करणमा उत्कृष्ट फुटबल देखाउँदै नेपाली फुटबल एक पटक फेरि दर्शकको उपस्थितिलाई बाक्लो बनाउने लक्ष्य रहेको बताएको छ ।

नेपाली फुटबलको पहिलो फ्रेन्चाइज प्रतिष्पर्धा एनएसएलको दोस्रो संस्करणमा आगामी शुक्रबारदेखि सुरु हुँदैछ । दोस्रो संस्करणदेखि ९ वटा फ्रेन्चाइज टोलीले चुनौति प्रश्तुत गर्ने तय छ । बुधबार एनएसएलको आयोजकले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै दोस्रो संस्करणलाई उच्च स्तरमा आयोजनामा लैजान प्रयत्न गर्ने बताएको छ । एनएसलको पहिलो आयोजना दुई वर्ष सम्पन्न भएको थियो । कोरोना महामारीका कारण पहिलो संस्करण बन्द रंगशालाबीच सम्पन्न हुन पुग्यो ।

त्यसैले दोस्रो संस्करणमा नेपालीलाई समर्थकलाई घरेलु फुटबलमा नयाँ अनुभुति दिने प्रयास गर्ने आयोजकको विश्वास छ । एनएसएलको आयोजक नेपाल स्पोटर््स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) का निर्देशक श्रेयन्स कार्कीले ठूलो आर्थिक चुनौतीकाबीच पनि फ्रेन्चाइज टोलीहरूको सहयोग र आम समर्थकको चासोका कारण दोस्रो संस्करणलाई भव्य बनाउने बताए । उनले एनएसएल नेपाली फुटबलको शीर्ष डिभिजन सहिद स्मारक लिगको प्रतिष्पर्धी नभएको उल्लेख गर्दै यो आयोजनाबाट नेपाली फुटबललाई नयाँस्तरमा लैजान मद्दत पु¥याउने उद्देश्य रहेको धारणा राखे ।

पहिलो संस्करणमा सात फ्रेन्चाइज टोलीले प्रतिष्पर्धा गरेका थिए । दोस्रो संस्करणमा तीन नयाँ टोली थपिएको छ । तर, पहिलो संस्करण खेलेको विराटनगर सिटी एफसीले दोस्रो संस्करणबाट हात झिकेको छ । त्यसैले एनएसएलमा फ्रेन्चाइज टोली अस्थिरबारे निर्देशक कार्कीले व्यक्तिगत कारणले त्यस्तो हुन गएको पनि स्पष्ट पारेका छन् ।

नेपाल स्पोटर््स एन्ड इभेन्ट्स म्यानेजमेन्टकी अध्यक्ष आश्रेयता कार्की चौधरीले एनएसएललाई नेपाली फुटबल विकासको सारथिका रूपमा अगाडि बढाउने उद्देश्यअनुरूप आयोजना गरिएको उल्लेख गरिन् । यस सस्ंकरणमा दर्शकको उपस्थिति बढाउने आयोजकले आकार्षक रूपमा आयोजना गर्ने उद्घोष गरेको छ । इङ्लिस फुटबल लिग चेल्सीका लिजेन्ड डिडियर ड्रोग्बालाई दोस्रो संस्करणको दौरान नेपालमा ल्याउने आयोजकले जनाएको छ । साथै फुटबलका अन्य हस्तीलाई पनि ल्याउने आयोजकले उल्लेख गरेको छ ।

यस संस्करणमा भारतका तीन जना रेफ्रीको पनि सहभागिता रहने भएको छ । यस पटक इलाम स्पोर्टिङ, झापा एफसी र वीरगञ्ज युनाइटेडले पहिलो पटक फ्रेन्चाइज लिग खेल्दैछन् । गत संस्करणको टोली काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटलव लुम्बिनी एफसी र धनगढी एफसीले दोस्रो संस्करणमा पनि चुनौती प्रस्तुत गर्दैछन् । बुधबार नै भएको पत्रकार सम्मेलनमा अधिकांश टोलीले छोटो समयको तयारीका बाबजुद उत्कृष्ट फुटबल प्रदर्शन गर्ने उल्लेख गरेका छन् ।

पहिलो संस्करणमा काठमाडौं रेजर्सले उपाधि जितेको थियो । यस पटक ९ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । आयोजकले उपाधि विजेताका लागि अहिलेसम्म पुरस्कार तय नभएको पनि उल्लेख गरेको छ । यद्यपि, ७५ लाख रुपैयाँ नगद पुरस्कार या त्यो भन्दा पनि बढी हुन सक्ने आयोजक एनएसइएमका निर्देशक कार्कीले बताए । कुल ४० वटा खेल नै दशरथ रंगशालामा हुनेछन् । राम्रो मैदानको अभाव रंगशालमा नै सबै खेल खेलाउन बाध्य भएको आयोजकले जनाएको छ ।