• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी ★   दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल ★   गृहमन्त्री लामिछानेलाई छानविनको दायरामा ल्याउनुपर्ने काँग्रेसको अडान यथावत ★   ब्रोइलर कुखुराको रोग मानिसमा सर्दैन: नेपाल भेटेरिनरी एशोसिएशन ★   कार्यदल बैठक निष्कर्षविहीन ★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ?

कमेडियन हिमेश पन्तले किन खाए गाली ?



काठमाडौँ । रियालिटी शो स्ट्यान्ड–अप कमेडीका  ‘कमेडी च्याम्पियन’ हिमेश पन्त हाल आफूसँग सरोकार नै नभएको लफडामा परेका छन् ।

गत प्रतिनिधिसभा निर्वाचनमा धादिङबाट उम्मेदवारी समेत दिएका हिमेशले बिना गल्ती गाली खाईरहेका छन् । सामाजिक सञ्जलामा ‘हिमेश’ नाम गरेको व्यक्तिसँग सम्बन्धित भिडियो भाइरल बनेपछि आफूलाई कतिपयले गाली गलौज गरेको उनको भनाई छ ।

उनले बुधबार सामाजिक संजालमा लेखेका छन्, ‘हिमेश नाम गरेको एक पत्रकारले श्रीमती कुटेको भन्ने भिडियो क्लिप बाहिरिएको रहेछ । हिजोदेखि मेरो इनबक्समा गालीका म्यासेजहरु आइरहेका छन् ।’

आफू कुनैपनि घरेलु हिंसालाई समर्थन नगर्ने बताउदै उनले थपेका छन्, ‘म स्पष्ट पार्न चाहन्छु कि, पहिलो कुरा त मेरो बिहे नै भएको छैन। दोस्रो कुरा म कुनैपनि घरेलु हिंसालाई समर्थन गर्दिन। धन्यवाद।’

आफूसँग सम्बन्धित नभएको  भिडियोलाई लिएर कतिपयले गाली गरेको कमेडियन हिमेशको भनाइ छ ।

सार्वजनिक भिडियोमा पत्रकार हिमेश न्यौपानेकी श्रीमतीले आफूलाई श्रीमानले हिंसा गरेको भन्दै फेसबुक लाईभमार्फत रुँदै हारगुहार गरेकी थिईन् । उक्त भिडियोमा उनले श्रीमान हिमेशले आफूमाथि चर्को हिंसा भएको बताउदै सहायताका लागि हारगुहार गरेकी छन् । श्रीमानले रक्सि खाएर मुख छाड्दै कुटपिट गरेको बताउदै उनले आफू अब यो मान्छेसँग बस्न नसक्ने बताएकी थिईन् ।