११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’: नेपाल–जापान सम्बन्धको महत्वपूर्ण कोशेढुङ्गा हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए : ज्ञानेन्द्र शाही नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग–नेपालको यातायात पूर्वाधारमा ऐतिहासिक फड्कोः अध्यक्ष अकिहिको राजर्षि जनक विश्वविद्यालयको भौतिक पूर्वाधार र शैक्षिक सुधारमा सरकार गम्भीरः शिक्षामन्त्री पोखरेल गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन (फाेटाे फिचर) देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाहरूमाथि भएको दुर्व्यवहारमा हाम्रो संलग्नता छैन – अनेरास्ववियु



अ+ अ-

काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले राति सुतिरहेका महिलाहरूमाथि भएको दुर्व्यवहारमा आफ्नो संलग्नता नरहेको प्रष्ट पारेको छ ।

सो संगठनका अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गर्दै अमानवीय र अशोभनीय ज्यादतीको भिडियो सामाजिक सञ्जालमा आइरहेकोमा मानवता विरोधी कार्यमा आयोजकको हिसाबले अनेरास्ववियुको कुनै संलग्नता नरहेको बताएका हुन् ।

उक्त घटनाको सत्य तथ्य छानबिन गरी संलग्न जो कोही भए पनि कानून बमोजिम कारबाही गर्न अखिलले माग समेत गरेको छ ।

साथै, सरकारको अकर्मण्यता भण्डाफोर गर्न र सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम गर्ने उद्देश्यले आयोजना गरिएको यस वृहत् प्रदर्शनलाई असफल बनाउन गरिने यस्ता घुसपैठ तथा षडयन्त्रप्रति सजग रही व्यापक सहभागिता जनाउन अनेरास्ववियुले आह्वान गरेको छ ।