२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाहरूमाथि भएको दुर्व्यवहारमा हाम्रो संलग्नता छैन – अनेरास्ववियु



अ+ अ-

काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले राति सुतिरहेका महिलाहरूमाथि भएको दुर्व्यवहारमा आफ्नो संलग्नता नरहेको प्रष्ट पारेको छ ।

सो संगठनका अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गर्दै अमानवीय र अशोभनीय ज्यादतीको भिडियो सामाजिक सञ्जालमा आइरहेकोमा मानवता विरोधी कार्यमा आयोजकको हिसाबले अनेरास्ववियुको कुनै संलग्नता नरहेको बताएका हुन् ।

उक्त घटनाको सत्य तथ्य छानबिन गरी संलग्न जो कोही भए पनि कानून बमोजिम कारबाही गर्न अखिलले माग समेत गरेको छ ।

साथै, सरकारको अकर्मण्यता भण्डाफोर गर्न र सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम गर्ने उद्देश्यले आयोजना गरिएको यस वृहत् प्रदर्शनलाई असफल बनाउन गरिने यस्ता घुसपैठ तथा षडयन्त्रप्रति सजग रही व्यापक सहभागिता जनाउन अनेरास्ववियुले आह्वान गरेको छ ।