१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

जाजरकोट भूकम्पबाट १३ जिल्ला प्रभावित, ६१ हजार घरमा क्षति

जाजरकोट भूकम्पबाट १३ जिल्ला प्रभावित, ६१ हजार घरमा क्षति
file photo
अ अ+ अ-

काठमाडौं: गृह मन्त्रालय मातहतको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाले यही कात्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट २६ हजार ५५७ घरमा पूर्ण क्षति भएको जनाएको छ ।

शाखाले आज सार्वजनिक गरेको विवरणमा भूकम्पबाट ३५ हजार ४५५ घरमा आंशिक क्षति पुगेको र प्रभावित जिल्लाहरुबाट विस्तृत विवरण आउने क्रम जारी रहेको बताएको छ ।

जाजरकोटलाई केन्द्रविन्दु बनाएर कात्तिक १७ गते गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट १३ जिल्ला प्रभावित भएका थिए । जाजरकोट सहित रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालिकोट, प्युठान र अछाम जिल्लामा क्षति पुगेको शाखाको भनाई छ ।

भूकम्पबाट सरकारी कार्यालय र सार्वजनिक भवनमा पनि क्षति पुगेको थियो । प्रारम्भिक विवरण अनुसार १६ वटा कार्यालयमा पूर्ण क्षति र ३४ वटामा आंशिक क्षति पुगेको छ ।

उक्त भूकम्पबाट १५४ जनाको मृत्यु भएको र ३६६ जना घाइते भएका थिए । राहत र उद्धारका लागि २५१ जना शसस्त्र प्रहरी, ४७५ नेपाल प्रहरी र २५० नेपाली सेनाका जवान खटिएका थिए ।

भूकम्पबाट सबैभन्दा बढी क्षति जाजरकोट र रुकुम पश्चिममा भएको छ । शाखाको विवरण अनुसार जाजरकोटमा १०१ जनाको मृत्यु, १४५ जना घाइते हुनुका साथै २४ हजार ७०७ घरमा आंशिक तथा ९ हजार ७९४ घर पूर्ण क्षति भएका छन् ।
यस्तै रुकुम पश्चिममा ५३ जनाको मृत्यु, २०२ जना घाइते हुनुका साथै ९ हजार ९६१ वटा घर आंशिक तथा १६ हजार ५७० घर पूर्ण क्षति भएको छ ।

शाखाले भौतिक क्षतिको विवरण संकलन कार्य जारी रहेको जनाएको छ ।