७ श्रावण २०८३, बिहीबार
,
Latest
संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ नेपाल श्रीलङ्कासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

घाँसको लोभमा वनमा डढेलो



अ+ अ-

काठमाडौं । बेनी नगरपालिका–२ ज्यामरुककोट सामुदायिक वनको ६५ हेक्टर जंगल आगलागीबाट सखाप भएको छ । सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिन डिभिजन वन कार्यालयले ४३ जना सुरक्षाकर्मीसहित टिम परिचालन गर्यो । स्थानीय र सुरक्षाकर्मी दुई दिनसम्म आगो नियन्त्रणका लागि खटिए पनि आगो नियन्त्रणमा असफल भए ।

यस वर्ष मात्र होइन, प्रत्येक वर्ष नयाँ घाँस पलाउने आसमा डढेलो लगाउने गरिएको तथ्यांकले देखाउँछ । भौगोलिक कठिनाइ र भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन हुने गरेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।

अव्यवस्थित ढंगले हरियो घाँसको लोभमा जथाभावी डढेलो लगाइँदा वातावरणीय पर्यावरण तथा जीवजन्तुसँगै मानवीय क्षति हुँदै आएको छ । सामान्यतया सुक्खा र गर्मी हुने मौसममा डढेलो बढी हुने गरे पनि म्याग्दीमा हरियो घाँसको लोभमा पाखो डाँडा तथा जंगलहरुमा आगो लगाउने गरिएको डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले बताए । नागरिक दैनिकमा समाचार छ ।