२० माघ २०८१, आईतवार
,
Latest
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल स्वदेशी उत्पादनको प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने-मुख्यमन्त्री कार्की जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो विराट भेट्रान अन्तरराष्ट्रिय गोल्डकपमा आयोजक टोली क्वाटरफाइनलमा सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँः देउवा अनलाइन जुवामा संलग्न २४ जना पक्राउ चराविद् पौड्यालको स्मृतिमा कविता संग्रह लोकार्पण र चित्रकला प्रदर्शनी विप्रेषण आप्रवाह: छ महिनामा ७ खर्ब ६३ अर्ब भित्रियो, चालु खाता बचतमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालतको न्यायाधीशका लागि ६ जनाको नाम सिफारिस



अ+ अ-

काठमाडौं । न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशमा छ जनाको नाम सिफारिस गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले उच्च अदालतका न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानालाई सिफारिस गरेको हो ।

त्यस्तै, कानुन व्यवसायीका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सिफारिस गरेको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकले उच्च अदालतमा मुख्य न्यायाधीशको नियुक्तिका लागिसमेत सिफारिस गरेको छ । उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशमा लोहितचन्द्र शाह, उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा माधवप्रसाद पोखरेल, उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा रमेशप्रसाद भण्डारीलाई सिफारिस गरिएको छ ।

उच्च अदालत जनकपुरको मुख्य न्यायाधीशमा श्रीकान्त पौडेल, उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीशमा नित्यानन्द पाण्डे र उच्च अदालत दिपायलको मुख्य न्यायाधीशमा शान्तिसिंह थापालाई सिफारिस गरिएको हो । मुख्य न्यायाधीशमा सिफारिस हुनुभएका न्यायाधीशहरू उच्च अदालतमै कार्यरत हुनुहुन्थ्यो । रासस