४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

टेलिभिजन सञ्चालन गर्न जथाभावी स्वीकृति दिँदा टेलिभिजनमा समस्या देखिए-बिज्ञहरु

टेलिभिजन सञ्चालन गर्न जथाभावी स्वीकृति दिँदा टेलिभिजनमा समस्या देखिए-बिज्ञहरु
अ+ अ-

काठमाडाै‌ । हरेक वर्षको २१ नोभेम्बरमा विश्व टेलिभिजन दिवस मनाइन्छ । यस वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी विश्व टेलिभिजन दिवस नेपालमा पनि मनाइँदै छ ।

विश्व टेलिभिजनको अवसरमा आम सञ्चार तथा प्रशारण विज्ञ लक्ष्मण हुमागाईं नेपालको टेलिभिजन उद्योग कतै कमजोर बनेको हो की भन्ने महशुस हुन थालेको बताउनुहुन्छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले टेलिभिजनले विषयहरु राम्रोसँग उत्पादन गर्न छाडेको बताउनु भयो ।

उहाँले टेलिभिजनलाई छुट्टै संरक्षणको नीति आवश्यक परेको पनि बताउनु भयो । सामाजिक सञ्जालको दबाब विश्वभर नै परेको बताउँदै आम सञ्चार तथा प्रशारण विज्ञ हुमागाईंले सामाजिक सञ्जालको प्रभाव विश्वभरका सञ्चारमाध्यममा परेपनि सामाजिक सञ्जाल मिडिया नभएको बताउनु भयो । सामाजिक सञ्जाल आम सञ्चारका माध्यम नभएर व्यक्तिगत माध्यम भएको बताउनु भयो । उहाँले सामाजिक सञ्जाल व्यक्तिगत सूचना प्रवाह र नेटवर्क प्रवाह गर्नका लागि काम गर्ने माध्यम मात्रै भएको बताउनु भयो । सामाजिक सञ्जालको कारणले गर्दा विज्ञापन बजारमा केही असर प्रभाव परेको तर टेलिभिजनको विज्ञापन आजको दिनमा पनि विश्वमा पहिलो नम्बरमा पर्ने बताउनु भयो । आम सञ्चार तथा प्रशारण विज्ञ हुमागाईंले टेलिभिजनको महत्व अहिले नघटेको बरु बढ्दै गइरहेको दाबी गर्नुभयो ।

उहाँले टेलिभिजनकै कन्टेन्ट प्रयोग गर्ने परिपाटी सामाजिक सञ्जालमा भइरहेकाले पनि टेलिभिजनको महत्व झनै बढीरहेको बताउनु भयो । नेपालमा टेलिभिजन क्षेत्र कमजोर भएको हो की भन्ने लागेपनि अहिले पनि विश्वस्तरमा पहिलो नम्बरमा विज्ञापन जाने माध्यम टेलिभिजन भएको बताउनु भयो । उहाँले मिडियाको नियमन निकायमा सरकार चुकेको बताउनु भयो । उहाँले सञ्चारमाध्यमको नियमन निकाय बनाउँदा देशमा धेरै च्यानलहरु सञ्चालन भएकाले विकृति बढेको बताउनु भयो । लगानी, योजना, विकासमा ध्यान नदिइ सामान्य प्राविधिक कुरालाई हेरेर लाइसेन्स दिँदा देशमा अहिलेको अवस्था आएको बताउनु भयो ।

उहाँले देशमा जतिसक्दो छिटो आम सञ्चारमाध्यमको नियमन निकाय बनाउनुपर्ने बताउनु भयो । नियामक निकायले प्राविधिक विषयका साथै योजनाका बारेमा र लगानीका बारेमा पनि सोधपुछ नगरी जथाभावी स्वीकृत प्रदान गर्नु नहुने बताउनु भयो । छिटो भन्दा छिटो आमसञ्चारमा व्यवस्थापन गर्न बनेको विधेयक संसदमा पठाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘टेलिभिजन उद्योगलाई हेर्दा कतै टेलिचिजन कमजोर बनेको हो की ? कन्टेनहरु राम्रोसँग उत्पादन गर्न नसकेको हो की ? टेलिभिजनलाई छुट्टै संरक्षणको नीति आवश्यक परेको हो की ? वा टेलिभिजनको बजार सकिँदै गएको हो की ? सामाजिक सञ्जालले टेलिभिजनलाई निकै दबाबमा राखेको हो की भन्ने आशंका हुनसक्छ ? तर नेपाललाई मात्रै नहेरेर विश्वको सन्दर्भलाई हेर्दा सामाजिक सञ्जालको दबाब विश्वभर नै बढेको छ । सामाजिक सञ्जाल मिडिया होइन, माध्यम मात्रै हुन् । यी आम सञ्चारका माध्यम होइनन्, व्यक्तिगत माध्यम हुन् । सामाजिक सञ्जालको कारणले गर्दा विज्ञापन बजारमा केही प्रभाव परेको छ । केही विज्ञापन सामाजिक सञ्जालतिर गएका छन् ।”

उहाँले भन्नुभयो, ‘आज पनि विश्वमा टेलिभिजनको विज्ञापन एक नम्बरमा पर्छ, त्यसपछि मात्रै सामाजिक सञ्जालमान जाने विज्ञापन हेरिन्छ । टेलिभिजनको महत्व अहिले घटेको छैन, बढेको छ, किनभने टेलिभिजनकै कन्टेन प्रोडक्शन गर्ने मेथोलोजी सामाजिक सञ्जालमा प्रयोग भएको छ । टेलिभिजन उद्योग अहिले झ्वाट्ट हेर्दा कमजोर भएको हो की जस्तो लागेपनि भारतकै अध्ययन गर्दा पनि अहिले पनि एक नम्बरमा विज्ञापन जाने र सबैभन्दा बढी जाने टेलिभिजन नै हो । नेपालमा पनि मल्टिनेशनल कम्पनीले बढी लगानी टेलिभिजनमै गरेका छन् । मिडियाको नियामक निकाय नबनाउँदा हामी चुकेका छौँ । हामीले यति पैसा बुझाउ, लाइसेन्स लैजाउ भन्ने रुपमा टेलिभिजन खोल्न अनुमति दियौँ, जसको कारणले विकृति बढेको छ, लगानी, प्लान, केही हेरेनौँ, सामान्य प्राविधिक कुरालाई हेरेर रेडियो र टेलिभिजनलाई अनुमति दियौँ, जसको परिणाम अहिले मुलुकले भोग्दैछ । जति सकिन्छ छिटो, आम सञ्चारमाध्यमको नियामक निकाय गठन गरौँ, त्यसले प्राविधिक विषयका साथै योजना, लगानी, श्रोत र उद्देश्य नहेरी सञ्चारमाध्यमलाई जथाभावि स्वीकृति दिनबाट रोकौँ । जति सकिन्छ छिटो आमसञ्चारमा व्यवस्थापन गर्न बनेको विधेयक संसदमा पठाउनु पर्छ ।’

यता, भाषा तथा आमसञ्चार विज्ञ सुधांशु दाहालले नेपाली टेलिभिजनमा प्रशारण हुने कन्टेन्ट विषयवतुहरुको स्तर खस्केको बताउनु भयो । उहाँले कन्टेन्ट राम्रो भएसम्म टेलिभिजनको महत्व नघट्ने बताउनु भयो । उहाँले प्रशारणको शैली र आम दर्शकमा पुग्ने माध्यम मात्रै परिवर्तन भएकाले टेलिभिजनको महत्व छैन भन्न नहुने बताउनु भयो । उहाँले मिडियामा लगानी गर्न आउने मानिसहरु मिडियाप्रति जानकार नहुनुले पनि कतिपय ठाउँमा समस्या आइरहेको बताउनु भयो । टेलिभिजनले दर्शकलाई चाहिएको कुरा पस्किन सक्ने हो भने टेलिभिजनको आवश्यकता झनै बढ्ने उहाँको भनाइ छ । नक्कल गरेर विषयवस्तु पस्किने प्रचलनले पछिल्लो समय सञ्चारमाध्यमको महत्व खस्किँदै गएको बताउनु भयो ।

उहाँले टेलिभिजनको गुणस्तर उच्च बनाउनुपर्ने बताउनु भयो । उहाँले राम्रोसँग व्यवस्थापन हुनसके नेपालमा विज्ञापनको अभाव हुने अवस्था नरहेको बताउनु भयो । उहाँले नेपालको टेलिभिजनलाई टेलिभिजन उद्योग मान्ने हो भने उद्योगप्रतिको इमान्दारिता पस्किनुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय परिचय बोकेको टेलिभिजन कार्यक्रम नदेखेको बताउनु भयो । उहाँले राष्ट्रियतालाई राजनीतिक रुपमा मात्रै बुझ्ने गरेकाले पनि दर्शक अर्कोतर्फ गएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘टेलिभिजनको महत्व अहिले पनि त्यत्ति नै छ, खालि स्क्रिनको साइज चेन्ज भएको हो । जति धेरै स्ट्रङ कन्टेन भयो, जति राम्रो कन्टेन भयो त्यति राम्रो हो । सूचनाले मनोरञ्जनसँगै जानकारी पनि दिनसक्ने र कतिपय अवस्थामा प्रमाणित जानकारी दिने गर्छ । टिभी भौतिक रुपमा नै स्क्रिनमा सबै कुरा देखाइदिने भएकाले सत्यताको नजिक पुग्ने माध्यम भयो । सिनेमालाई मान्छेको बैठक कोठासम्म ल्याउने काम टेलिभिजनले गरेको छ । अहिलेको अवस्थामा पनि टेलिभिजनको आफ्नै महत्व छ । अहिले यसमा प्रशारणको शैली फरक भएको छ, आम दर्शकमा पुग्ने माध्यम परिवर्तन भएको छ । हामी कहाँ मिडिया भाइब्रेन्सी छ । मिडिया खुला भएपछि प्रतिष्पर्धामा जाँदा त्यसको आधार, मूल्यांकन, क्षमताको आँकलन नै नगरी सबै दौडिएको जस्तो देखिन्छ । टेलिभिजन सञ्चालन हुनु पहिलाको जस्तो अब रहेन । एउटा कोठाबाट मात्रै पनि टेलिभिजन सञ्चालन हुनसक्छ । हाम्रोमा मिडियामा लगानी गर्न आउने मानिसहरु मिडियाप्रति जानकार नभएको देखिन्छ । टेलिभिजनले दर्शकलाई चाहिएको कुरा पस्किनुपर्छ । हाम्रोमा एउटाले एउटा कन्टेन निकाल्यो भने त्यस्तै कन्टेनहरु कपि गरेर राख्ने प्रचलन छ । हाम्रोमा राम्रो न्युज च्यानल नै बन्न सकेका छैनन् ।

सबै पाटो हेरेर न्युजलाई सेलेबल बनाउनुपर्छ । समाचारको गुणस्तर उच्च राख्नुपर्छ । विश्वमा यति धेरै सामग्रीहरु उत्पादन भइरहेका छन्, तिनको बजारीकरणका लागि विज्ञापन एउटा ठूलो आधार हो । हाम्रोमा विज्ञापनको अभाव हुनुपर्ने अवस्था देखिँदैन । हुन दिएको देखिन्छ । नेपालको टेलिभिजनलाई टेलिभिजन उद्योग मान्ने हो भने त्यो उद्योगप्रतिको इमान्दारिता कति छ हेर्नुपर्छ । हाम्रोमा राष्ट्रिय परिचय बोकेको टेलिभिजन कार्यक्रम नै देखिँदैन । राष्ट्रियतालाई राजनीतिक रुपमा मात्रै बुझ्ने गरेको देखिन्छ ।’

विश्व टेलिभिजन दिवसका अवसरमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै वरिष्ठ पत्रकार तथा सहप्राध्यापक डा. कुन्दन अर्यालले कमजोर लगानीमा योजना बिना टेलिभिजन स्थापना हुँदा टेलिभिजनको अवस्था निराशाजनक रहेको बताउनु भयो । उहाँले सरकारले टेलिभिजन खोल्न आवश्यक वार्षिक कार्ययोजना र कार्यक्रमको ढाँचाको विषयका गाइड लाइन बनाउन नसक्दा टेलिभिजनमा समस्या आएको दाबी गर्नुभयो । उहाँले सरकारले कुनै योजना बिना टेलिभिजन अगाडि बढाउँदा सबै भन्दा सस्तामा उत्पादन (प्रोडक्सन) भएका मनोरञ्जनका सामग्रिमा टेलिभिजनहरु केन्द्रित भएको बताउनु भयो । उहाँले कन्टेन्टलाई गम्भिरतापूर्वक हेरेर बनाउने भन्दा पनि हलुका र सस्ता कन्टेन्टहरु बजाउने काम मात्रै गरेको उल्लेख गर्नुभयो । सहप्राध्यापक अर्यालले सरकारले टेलिभिजनहरुले कस्तो कन्टेन्ट बनाउन भन्ने गाइडलाइन बनाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले सरकारले अहिलेसम्म प्राइभेट र सरकारी टेलिभिजनले बनाउने कन्टेन्का लागि स्पष्ट गाइडलाइन नहुँदा नेपाल टेलिभिजन नै अफ्ठ्यारो स्थितिमा रहेको उल्लेख गर्नुभयो । सहप्राध्यापक अर्यालले गणतान्त्रिक मुलुकमा सरकारले टेलिभिजन चलाएर बस्न नपर्ने बताउनु भयो । उहाँले नेपाल टेलिभिजनलाई सरकारको ठाडो नियन्त्रणमा राख्न नहुने भन्दै संसदप्रति उत्तरदायी बनाउन पब्लिक सर्भिस बोर्डकास्टिङ बनाउने योजना कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले वर्तमान सरकारले नेपाल टेलिभिजनलाई पब्लिक सर्भिस बोर्डकास्टिङ बनाउने भन्दा पनि रेडियो र टेलिभिजन मर्ज गर्ने कुरा गर्नु गलत भएको बताउनु भयो । उहाँले सरकारको ठाडो नियन्त्रणमा टेलिभिजन चलाउने यता प्राइभेट क्षेत्रलाई पनि चलाउन दिँदा दुई बीचमा भुमिकामा फरक बनाउने कुरामा सरकार चुकेको बताउनु भयो । उहाँले निजी टेलिभिजनहरुलाई कसरी अगाडि लैजाने ? भन्ने राज्यको स्पष्ट सोच नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारले कुनै योजना बिना टेलिभिजन अगाडि बढाएपछि सबै भन्दा सस्तो प्रोडक्सनमा मनोरञ्जन हुन्छ । टेलिभिजनहरुले गित संगित र हल्लाका कन्टेनहरु बजाउने काम मात्रै भएका छन् । टेलिभिजनहरुले कन्टेनलाई गम्भिरतापूर्वक हेरेर बनाउने काम भएको छैन । सरकारले कन्टेन बनाउनको लागि गाइडलाइन बनाउनुपर्ने थियो । सटेन खालका टेलिभिजनहरुलाई यति उत्पादन गर्नैपर्छ भन्नुपर्ने थियो । केही न केही गाइड लाइन हुनुपर्ने थियो । तर अहिलेसम्म छैन । अहिले नेपाल टेलिभिजन नै अफ्ठ्यारो स्थितिमा छ । सरकारको ठाडो नियन्त्रणमा टेलिभिजन चलाउने प्राइभेट क्षेत्रलाई पनि टेलिभिजन चलाउने दिने तर दुईबीचको अन्तर वा भुमिकामा फरक हुनुपर्छ । नेपाल टेलिभिजनलाई सरकारको ठाडो निर्देशनमा नराखौं संसद प्रति उत्तरदायी बनाउ,पब्लिक सर्भिस बोर्ड कास्टिङ बीबीसी र एनएचकेले गरेको जस्तो गरौं भनेर बनाएको योजना कहाँ पुगिसक्यो । यतिका वर्षसम्म हरायो, हुँदा हुँदा अहिलेको सरकारले बुझेको के रहेछ भन्दा रेडियो र टेलिभिजनलाई मर्ज गर्ने भनेको छ । गणतान्त्रिक व्यवस्थामा राज्यले टेलिभिजन चलाएर बस्नुपर्दैन ।’

उहाँले वि.स.२०४६ सालपछि नेपाली मिडियामा ठूलो लगानी आउँदा मिडियाहरु संस्थागत स्वरुपमा लिए भनिए पनि अहिले त्यही संस्थागत स्वरुपमा मिडियाहरुमा श्रमजीविका समस्या बाहिर आउँदा मिडिया क्षेत्रमा अझै निराशा देखिएको बताउनु भयो । उहाँले मिडिया उद्यमीहरुले सामाजिक उत्तरदायित्व पनि सोच्नुपर्ने बताउनु भयो ।