१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरिनारायणप्रसाद रौनियार ‘पप्पु’ एमालेमा प्रवेश



अ+ अ-

काठमाडौं। जसपाबाट २०७४ सालको संसदीय निर्वाचनमा पर्सा ३ बाट निर्वाचित पूर्व सांसद हरिनारायणप्रसाद रौनियार नेकपा एमाले प्रवेश गरेका छन् ।

मंगलबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट टीका, माला लगाउँदै एमाले प्रवेश गरेका हुन् ।

रौनियार पप्पु कन्सट्रक्सनका मालिकसमेत हुन् । सांसद निर्वाचित हुनअघिसम्म पप्पु कन्सट्रक्सनका सञ्चालक रहेका उनले निर्माणको ठेक्का लिएका र पाएका अधिकांश आयोजनाहरु समयमै निर्माण नगर्दा सर्वसाधरणले सास्ती भोग्नुपरेको गुनासो हुने गरेको छ ।

२०७४ सालमा सांसदममा निर्वाचित भएपनि उनीविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । भ्रष्टाचारको मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बनमा परेको थियो ।