• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

सुत्दाखेरि घुरेपछि सलमानले शाहरुखलाई ओछ्यानबाट धकेलेका थिए



एजेन्सी । शाहरुख खान र सलमान खानको सम्बन्धमा एउटा रमाइलो घटना सार्वजनिक भएको छ, जसमा सलमानले शाहरुखलाई ओछ्यानबाट धकेलेका थिए ।

वास्तवमा घटना सन् १९९५ मा भएको थियो, जब दुवै कलाकार फिल्म ‘करण–अर्जुन’ को सुटिङ गरिरहेका थिए । यो घटना शाहरुख खानको घुर्ने बानीसँग सम्बन्धित छ ।

एक पुरानो अन्तर्वार्तामा सलमानले भने, ‘जब हामी करण–अर्जुनको सुटिङ गरिरहेका थियौं, त्यहाँ केही पाहुना आएका थिए । जो मेरो कोठामा बसे । त्यसैले हामी सबैले कोठा साझा गर्नुपर्यो । सोही समयमा सोहेल खान पनि त्यहाँ थिए । हामी सबै पल्टिरहेका थियौं र शाहरुख छिट्टै सुते र चर्को स्वरमा घुर्न थाले । घुरेको कारण मलाई समस्या परेको थियो । मैले बेडबाटै उनलाई धकेलेँ ।’

यसमा शाहरुख खानले आफ्नो बचाउ गर्दै आफूलाई साइनस भएको बताए । सामान्यतया उनी घुर्दैनन् । यद्यपि, शाहरुख कति चर्को स्वरमा घुर्छन् भन्ने सोंचेर सलमान लगातार हाँसिरहेका थिए ।

सलमान खान र शाहरुख खान स्टारर फिल्म ‘करण–अर्जुन’ सन् १९९५ मा रिलिज भएको थियो । फिल्ममा काजोल र ममता कुलकर्णी नायिकाको रुपमा देखिएका छन् । राकेश रोशनले निर्देशन गरेको यो फिल्म त्यतिबेलाको ब्लकबस्टर फिल्म थियो ।

यस फिल्ममा दिवंगत अभिनेत्री राखी गुलजारले सलमान–शाहरुखको आमाको भूमिका निभाएकी छिन् । दिवंगत अभिनेता अमरिश पुरी फिल्ममा खलनायकको भूमिकामा देखिएका थिए ।