२९ असार २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन सभामुख अर्यालको भुमिकामाथि प्रश्न उठाउँदै काँग्रेसले भन्योः विपक्षीको नाडी छाम्ने काम नगरियोस् मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र अनलाइनखबर कार्यालयअगाडिको शंकास्पद गाडी क्रेनमार्फत हटाइयो नेपाल बैङ्कद्वारा ग्रामीण विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण २५ वर्षे ‘भिजन २०५०’ तयार गर्दै राष्ट्रिय योजना आयोग गैससहरूका लागि ‘सामाजिक उद्यम’ मा लाग्न जोड बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्मा दर्ता राष्ट्रिय गौरवका आयोजना र आर्थिक संरचनाका चुनौतीबारे योजना आयोगको ब्रिफिङः गौरवका आयोजना १० वटामा सिमित…
तपाईं के खोज्दै हुनुहुन्छ ?

साविक विजेता इटाली युरो–२०२४ का लागि छनोट



अ+ अ-

काठमाडौँ । साविक विजेता इटाली सन् २०२४ को युरोका लागि छनोट भएको छ । छनोटको आफ्नो अन्तिम खेलमा युक्रेनविरुद्ध गोलरहित बराबरी खेलेपछि इटालीले जर्मनीमा अर्को वर्ष हुने प्रतियोगितामा स्थान बनाएको हो ।

इटालीसँगै चेक गणतन्त्र र स्लोभेनियाले पनि अबको युरोका लागि टिकट काटेका छन् । प्रतियोगितामा सिधा प्रवेशका लागि इटालीलाई युक्रेनविरुद्धको खेलमा हार टार्न आवश्यक थियो ।

समूह ‘सी’ अन्तर्गतको यस खेलमा इटालीले हार ब्यहोरेको भए, अर्को महिना हुने प्ले–अफ खेल्नुपर्ने थियो ।

सन् २०१८ र २०२२ को विश्वकपमा छनोट हुन नसकेको इटालीले युरो २०२० भने जितेको थियो । कोरोना भाइरसकाका कारण उक्त युरो कप २०२१ मा आयोजना भएको थियो ।