२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप फाइनलको मारमा ‘टाइगर ३’



अ+ अ-

एजेन्सी । एजेन्सी । सलमान खान र कट्रिना कैफ अभिनित फिल्म ‘टाइगर ३’ लगातार चर्चामा छ । यो फिल्म दीपावलीको अवसरमा १२ नोभेम्बरमा रिलिज भएको थियो ।

यो फिल्मलाई दर्शकले निकै रुचाइरहेका छन् । फिल्मले बलियो ओपनिङ गरेको थियो र एक हप्तामा बक्स अफिसमा २०० करोडभन्दा बढी कलेक्सन गरेको थियो ।

साताको दिनमा गिरावट आएपछि आठौं दिनमा सलमान खानको फिल्मको कमाईमा उछाल आएको थियो । शनिबार फिल्मको कलेक्सन १८.५ करोड थियो । तर, आइतबार भारत र अष्ट्रेलियाबीचको फाइनल खेलका कारण फिल्मको कमाईमा ठूलो असर परेको छ ।

‘टाइगर ३’ ले आइतवार विश्वकप २०२३ को फाइनल खेलको दिन १० करोड २५ लाख रुपैयाँ कमाएको छ । योसँगै फिल्मको कुल कमाई २२९।६५ करोड पुगेको छ ।