१६ असार २०८३, मंगलवार
,
Latest
काठमाडौं केन्द्रित नार्कको काज प्रथामा अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने ९ दिनदेखि माइतीघरमा दृष्टिविहीनको आन्दोलन: रोजगारी वा बेरोजगार भत्ता माग कोशी प्रदेशसभा बैठक फेरि स्थगित, अब असार १८ गते बस्ने चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जलवायु अनुकूलनमा नेपाललाई १ अर्ब ३३ करोड अनुदान, ६० हजार घरधुरी लाभान्वित रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो सुनको मूल्य एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो
तपाईं के खोज्दै हुनुहुन्छ ?

माइतीघर–नयाँ बानेश्वरमा युवा संघ र दुर्गा प्रसाईंको प्रदर्शन गर्न रोक



अ+ अ-

काठमाडौँ । नेकपा एमालेनिकट युवा संघ नेपाल र गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंले यही मंसिर ७ गते बिहीबार गर्न लागेको प्रदर्शनलाई माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दुवै पक्षसँग छलफल गरेपछि उक्त निर्णय भएको हो ।

माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्नका लागि निषेध गरिएको छ । उक्त क्षेत्रमा सरकारी तथा संवेदनशील निकाय भएकाले प्रदर्शन गर्न नदिइने निर्णय भएको जनाइएको छ ।

दुवै पक्षले शान्ति सुरक्षा कायम राख्नेबारे लिखित रूपमा प्रतिबद्धतासमेत जनाएको र फरक–फरक ठाउँमा शान्ति सुरक्षा कायम हुनेगरी प्रदर्शन गर्न पाउनेछन् ।

दुवै पक्षले मंसिर ७ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने बताउँदै आएको र दुई पक्षको प्रदर्शन एकै ठाउँमा हुदाँ शान्ति सुरक्षामा खतरा हुने भन्दै जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय गरेको हो ।