२० माघ २०८१, आईतवार
,
Latest
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल स्वदेशी उत्पादनको प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने-मुख्यमन्त्री कार्की जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो विराट भेट्रान अन्तरराष्ट्रिय गोल्डकपमा आयोजक टोली क्वाटरफाइनलमा सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँः देउवा अनलाइन जुवामा संलग्न २४ जना पक्राउ चराविद् पौड्यालको स्मृतिमा कविता संग्रह लोकार्पण र चित्रकला प्रदर्शनी विप्रेषण आप्रवाह: छ महिनामा ७ खर्ब ६३ अर्ब भित्रियो, चालु खाता बचतमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माइतीघर–नयाँ बानेश्वरमा युवा संघ र दुर्गा प्रसाईंको प्रदर्शन गर्न रोक



अ+ अ-

काठमाडौँ । नेकपा एमालेनिकट युवा संघ नेपाल र गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंले यही मंसिर ७ गते बिहीबार गर्न लागेको प्रदर्शनलाई माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दुवै पक्षसँग छलफल गरेपछि उक्त निर्णय भएको हो ।

माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्नका लागि निषेध गरिएको छ । उक्त क्षेत्रमा सरकारी तथा संवेदनशील निकाय भएकाले प्रदर्शन गर्न नदिइने निर्णय भएको जनाइएको छ ।

दुवै पक्षले शान्ति सुरक्षा कायम राख्नेबारे लिखित रूपमा प्रतिबद्धतासमेत जनाएको र फरक–फरक ठाउँमा शान्ति सुरक्षा कायम हुनेगरी प्रदर्शन गर्न पाउनेछन् ।

दुवै पक्षले मंसिर ७ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने बताउँदै आएको र दुई पक्षको प्रदर्शन एकै ठाउँमा हुदाँ शान्ति सुरक्षामा खतरा हुने भन्दै जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय गरेको हो ।