४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

गणतन्त्र असफल भयो- नेपाल ‘कोर्स करेक्सन’को सम्मुखमा छ

गणतन्त्र असफल भयो- नेपाल ‘कोर्स करेक्सन’को सम्मुखमा छ
अ+ अ-

आज संसदीय निर्वाचन भएको एक वर्ष पूरा भएको छ। राजनीतिक दलहरुले चुनावी दौरानमा जनताको माझमा जाँदा गरेका बाचा र प्रतिबद्धताहरुको सम्झना र समिक्षा गरुन् ।हामी पनि समिक्षा गर्छौं।

निर्वाचनपछि बनेको सरकारमा सहभागी भएर राप्रपाले एउटा प्रयोग गऱ्यो, ४० दिन नपुग्दै नाटकीय रुपमा सत्तामा संकट देखिएपछि सबैभन्दा पहिले सरकारबाट बाहिरियौं । जति दिन सरकारमा रह्यौं राम्रो गर्ने प्रयास गऱ्यौं, नराम्रो गरेनौं ।

त्यसपछि सरकार सञ्चालनका क्रममा संघ र प्रदेशमा यो एक वर्षमा देखिएका रमिता, कुकृत्य गणतन्त्रका गहनाका रुपमा स्थापित भए । तथाकथित परिवर्तन राम्रो हो, उत्कृष्ट छ भनेर छाती खोली नागरिकका सामु भन्ने अट यतिबेला कसैको छैन ।

बन्द कोठाभित्र लाभ लिएका केही तरमाराहरुले गणतन्त्र ठिक छ भन्नु आफैंमा लज्जाको विषय बनिरहेको छ। दिनहुँ हजारौं नौजवान युवाहरु लावालस्कर देश छाडेर परदेश लागिरहेका छन्, अर्थतन्त्र शिथिल र दबाबमा छ, भूराजनीतिक सन्तुलनमा गडबडी देखिदैछ। केही मुठ्ठीभर बाहेक आम जनता निराश छन्, जनजीवन त्रस्त छ।

यो अवस्था कहिलेसम्म लम्ब्याउने ? अब पनि नागरिक नजागे, नउठे कहिले उठ्ने? देशले अवलम्बन गरेको मार्गचित्र गलत र त्रुटिपूर्ण छ भनेर हामीले आज मात्र होइन, हिजोका कठिन र जटिल दिनमा समेत भन्यौं, निरन्तर भन्दै आइरहेका पनि छौं । आफ्नो एजेण्डामा सतिसाल झैं उभिएको राप्रपाको एजेण्डा क्रमश: सहि साबित हॅुदै गएको छ।

हिजो कुनै बेला हाम्रा एजेण्डा लुकेर सुनाउनुपर्ने, कथित अग्रगमनकारीको निशानामा पर्नुपर्ने अवस्थाबाट आज खॅाटी गणतन्त्रवादी कहलिएका, गणतन्त्रबाट लाभ लिएकाहरुले समेत सगर्व बोकेर हिडिरहेको देख्दा सन्तोष र गर्वको अनुभूति हुन्छ।
नेपाल यतिबेला ‘कोर्स करेक्सन’को सम्मुखमा छ।

यथास्थितिबाट देश अघि बढ्न सक्दैन भन्ने कुरा हामीले भनिरहन पर्दैन, यो अवस्था र व्यवस्थाका संवाहक शक्तिहरुले समेत भनिरहेको र स्विकारेको कुरा हो। यथास्थितिमा सुधार ल्याउने विकल्प छ र विकल्प राप्रपाले मात्रै दिएको छ।

राप्रपाले अघि सारेको विकल्पमा छलफल गर्न कसैले हिनताबोध गर्नु पर्दैन। गल्ती चेतनशील प्राणीबाट नै हुने हो, गल्ती सच्याएर नेपालको माटो र परिवेश सुहाँउदो नवीन व्यवस्थाका लागि हातेमालो गर्न राजनीतिक दलहरु, विभिन्न विचार समुह, स्वतन्त्र नागरिक सबैको ध्यानाकर्षण गराउॅदछु ।

राजसंस्था फर्काउने कुरा प्रतिगमन होइन, कतिपयले प्रतिगमनको भाष्य निर्माण गरिरहेका छन्, त्यो गलत छ । नेपालको लागि राजसंस्था अहिले भन्दा अघि बढ्ने अग्रगमनकारी उत्कृष्ट बाटो हो । नागरिकलाई अधिकारसम्पन्न बनाउने विभिन्न पाटोहरुमा छलफल हुन नसक्ने भन्ने छैन । आउनुहोस्, नवीन र सार्थक बहस प्रारम्भ गरौं ।
सबैभन्दा माथि देश, देशभन्दा माथि कोही छैन ।

श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता हुनुहुन्छ ।