• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

रुकुम पश्चिममा जीप दुर्घटना, २१ जना घाइते, तीनको अवस्था गम्भीर



रुकुम पश्चिम । जिल्लाको चौरजहारी नगरपालिका-८, गोइरीज्युलामा बोलेरो जीप दुर्घटना भएको छ ।

सोमबार बिहान चौरजहारीबाट खलंगातर्फ आउँदै गरेको लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने ८ जनाको अवस्था मध्यम र १० जना सामान्य रहेका छन् ।

घाइतेहरूको मिसन हस्पिटल चौरजहारीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

जिप तीव्र गतिमा रहेको तथा ओभर लोडका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ । थप विवरण आउन बाँकी छ ।