५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुम पश्चिममा जीप दुर्घटना, २१ जना घाइते, तीनको अवस्था गम्भीर



अ+ अ-

रुकुम पश्चिम । जिल्लाको चौरजहारी नगरपालिका-८, गोइरीज्युलामा बोलेरो जीप दुर्घटना भएको छ ।

सोमबार बिहान चौरजहारीबाट खलंगातर्फ आउँदै गरेको लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने ८ जनाको अवस्था मध्यम र १० जना सामान्य रहेका छन् ।

घाइतेहरूको मिसन हस्पिटल चौरजहारीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

जिप तीव्र गतिमा रहेको तथा ओभर लोडका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ । थप विवरण आउन बाँकी छ ।