२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहली विश्वकपका सर्वोत्कृष्ट खेलाडी



अ+ अ-

एजेन्सी । अष्ट्रेलियाले आईसिसी एकदिवसीय क्रिकेट विश्वकप–२०२३ को उपाधि जित्यो । आइतबार अहमदाबादमा भएको फाइनलमा भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको उपाधि चुमेको हो ।

अष्ट्रेलिया योसँगै छैटौँ पटक विश्वविजेता बनेको छ । अष्ट्रेलियाले यसअघि सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ मा उपाधि चुमेको थियो ।

यो खेलपछि भारतका दिग्गज ब्याट्सम्यान विराट कोहलीलाई प्लेयर अफ द टुर्नामेन्टको अवार्ड दिइएको थियो ।

कोहली विश्वकपमा प्लेयर अफ द टुर्नामेन्टको उपाधि जित्ने भारतका तेस्रो खेलाडी हुन् । यसअघि सन् २००३ मा सचिन तेन्दुलकर र २०११ मा युवराज सिंहले यो अवार्ड जितेका थिए । जसमध्ये सचिन तेन्दुलकर फाइनलमा पराजित भएको टिमका सदस्य थिए ।

टोलीमा पूर्व कप्तान विराट कोहलीले एन्कर ब्याट्सम्यानको भूमिका निर्वाह गरे । यही कारण हो कि टीम इन्डियाले मध्य ओभरमा धेरै विकेट गुमाउनु परेन ।

विराटको फर्म हेर्न लायक छ र उनले ९५.६२ को औसतमा ७६५ रन बनाए, जुन विश्वकपको इतिहासमा सर्वाधिक हो । यस अवधिमा उनले तीन शतक र ६ अर्धशतक प्रहार गरे । यो विश्वकपमा कोहलीको उत्कृष्ट स्कोर ११३ रन हो ।