काठमाडौँ । एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा भारतले अष्ट्रेलियाविरुद्ध राम्रो सुरुवात गरेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले १० ओभरमा दुई विकेट गुमाएर ८० रन बनाएको छ ।
भारतले आफ्नो दुबै ओपनरलाई गुमाएको छ । पहिलो विकेटमा ओपनर शुभमन गिल ४.२ ओभरमा मिचेल स्टार्कको सर्ट लेन्थमा क्याच आउट भएका थिए । यस्तै, कप्तान रोहित शर्मा ३१ बलमा ४७ रन बनाउदै म्याक्सेलको बलमा आउट भए । उनले ४ चौका र ३ छक्का प्रहार गरे ।
अहिले रनमेसिन विराट कोहली र श्रेयस अयर क्रिजमा छन् । कोहलीले २१ बलमा २४ रन बनाएका छन् ।
अपराजित रहदै फाइनल खेलेको भारत तेस्रो पटक विश्वकप उपाधी जित्न चाहन्छ । यता, विश्वकपको सर्वाधिक सफल अष्ट्रेलिया छैटौं उपाधी जित्ने सोचमा छ ।
लिग चरणमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो ।