काठमाडौँ । एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा भारतले ओपनर गुमाएको छ ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरिरहेको भारतले पहिलो विकेटमा ओपनर शुभमन गिललाई गुमाएको हो । उनी ४.२ ओभरमा मिचेल स्टार्कको सर्ट लेन्थमा ४ रन बनाएर क्याच आउट भए ।
भारतको लागि तेस्रो नम्बरमा विराट कोहलि आएका छन् । ताजा स्थितीमा भारतले ५ ओभरमा एक विकेट गुमाएर ३७ रन बनाएको छ ।