११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रका चार सांसदको पद रिक्त हुँदै



अ+ अ-

काठमाडौँ । माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश चार सांसदको पद रिक्त हुने भएको छ ।

माओवादी केन्द्रको संसदिय दलले सांसद तथा वर्तमान सरकारका मन्त्रीहरु उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु शाहलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई जानकारी गराएको थियो ।

आज बस्ने प्रतिनिधिशभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उहाँहरू सांसद नभएको सूचना आज बस्ने प्रतिनिधि सभा बैठकमा जानकारी गराउने तयारी गर्नुभएको छ ।

नेकपा भित्रको विवादको समयमा चार सांसदले प्रधानमन्त्री ओलीलाई साथ दिनुका साथै पार्टी विभाजन पछि नेकपा एमाले रहेका छन् ।