• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ?

विश्वकपको फाइनल जित्ने टोलीले पुरस्कार राशि कति पाउँछन् ?



अहमदाबाद । एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधिको लागि भोलि भारत र अष्ट्रेलिया भिड्दैछन् । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनलागेको फाईनल खेल नेपाली समयअनुसार दिउँसोको २:१५ बजेबाट सुरु हुनेछ ।

भारत आफ्नो अपराजित यात्रा कायम राख्दै प्रतियोगिता समाप्त गर्ने लक्ष्यमा हुनेछ भने अष्ट्रेलिया आयोजक राष्ट्रलाई हराउदै ट्रफि हात पार्न चाहन्छ ।

तर, यहाँ विश्वकप ट्रफी मात्रै होइन ठुलो पुरस्कार राशि पनि छ । विश्वकप २०२३ को विजेताले ४० लाख अमेरिकी डलर अर्थात करिब ५३ करोड नेपाली रुपैयाँ पाउनेछन् । जबकि उपविजेताले २० लाख अमेरिकी पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै, सेमिफाइनलमा हारेका न्युजिल्यान्ड र दक्षिण अफ्रिका दुवैले आठ लाख डलर पाएका छन् । लिग चरणबाट बाहिरिएका सबै ६ टोलीले एक–एक लाख डलर प्राप्त गरेका छन् ।

यसका साथै लिग चरणमा १० वटै टोलीबिच खेलेका ४५ खेलको विजेता टोलीलाई प्रत्येक खेलमा विजयी भएबापत ४० हजार डलर प्रदान गरिएको छ ।

यो पनि पढ्नुहोस्: क्रिकेट विश्वकप फाईनल: यस्तो छ भारत र अष्ट्रेलियाबिचको हेड-टू-हेड