५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबारदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको तीन दिने घरदैलो अभियान



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत वर्ष मंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी गराउने मतदाताहरुको सम्मानमा घरदैलो कार्यक्रम गर्दैछ । यो कार्यक्रम आगामी मंसिर २, ३ र ४ गते हुनेछ ।

निर्वाचन भएको एक वर्ष पुगेको अवसरमा मतदातालाई धन्यवाद दिन मंसिर ४ गतेको निर्वाचनमा उम्मेदवार भएका सबैजना आ आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने तयारी रास्वपाले गरेको छ । संसदमा रास्वपाका २१ सांसद र पदाधिकारीसहित ३९ केन्द्रीय सदस्य छन् । गत निर्वाचनमा रास्वपाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १३१ र समानुपातिकमा १०७ जना उम्मेदवार उठाएको थियो ।

रास्वपा सभापति रवि लामिछानेले न्युजपोलारसंग भन्नुभयो, ‘निर्वाचनमा मत माग्न गएजस्तै घर–घर टोल–टोलमा गएर धन्यवाद दिने र हामी प्रतिबद्धतामा अडिक छौँ भन्ने सन्देश दिनेछौं । उहाँले अगाडि भन्नुभयो, प्रदेश र संघीय निर्वाचन सकिएको एक वर्ष पुगेको अवसरमा जनताका गुनासा र सुझाव सुन्न घरदैलोमा जान लागेका हौं ।”

यही कात्तिक २३ गते बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले घरदैलो कार्यक्रम गर्ने निर्णय गरेको थियो । २०७९ असार ७ मा स्थापना भएको रास्वपाले ६ महिना नपुग्दै प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ स्थानमा विजयी हुनुका साथै समानुपातिकमा ११ लाख ३० हजार ३४४ मत प्राप्त गरी १४ सांसद विजयी भएका थिए ।