८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी-२०: नेपालले पावरप्लेमा पाँच विकेट गुमायो



अ+ अ-

काठमाडौँ । चार देश सम्मिलित टि–२० सिरिजमा नेपालले हङकङबिरुद्ध पावरप्लेमा पाँच विकेट गुमाएको छ ।

हङकङबिरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले ६ ओभरमा ५ विकेट गुमाएर २३ रन बनाएको छ ।

नेपालले पहिलो विकेटमा १.३ ओभरमा पुजा महतोलाई गुमाएको थियो । पछि २.३ ओभरमा नेपालकी सम्झना खड्का (१ ),कन्चन श्रेष्ठ (०) र ईन्दु बर्मा (०) लगातार आउट भए । फेरी ५.१ ओभरमा १ रन बनाएर बिन्दु रावल आउट भईन् ।

नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो। उत घरेलु टोली हङकङले जापानलाई ९ विकेटले हराएको थियो । फाइनल खेल्ने सम्भावना कायमै राख्न नेपालले आजको खेल जित्नैपर्ने हुन्छ ।