१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्यान्डविरुद्धको खेलमा मोहम्मद शामीले गराए कीर्तिमानको वर्षा



अ+ अ-

एजेन्सी । भारतीय बलर मोहम्मद शामीले वानखेडे मैदानमा आफ्नो किलर बलिङको साथ भारतीय फ्यानलाई भरपुर मनोरञ्जन दिलाए । न्युजिल्यान्डका कुनै पनि ब्याट्सम्यानले शामीको बलको जवाफ पाउन सकेनन् ।

भारतीय फास्ट बलरले आफ्नो घातक बलिङले न्युजिल्याण्डको ब्याटिङ अर्डरलाई तितरबितर पारे । शामीले न्युजिल्यान्डका एक–दुई नभई सात जना ब्याट्सम्यानलाई प्याभिलियन पठाएर फाइनलमा भारतको स्थान पक्का गरे ।

मोहम्मद शामी एकदिवसीय क्रिकेटको इतिहासमा भारतका लागि एक इनिङ्समा ७ विकेट लिने पहिलो बलर बनेका छन् । शामीले उत्कृष्ट बलिङ गर्दै ५७ रनमा सात विकेट लिए । शामीले हानेको यो जादुई स्पेल ५० ओभरको क्रिकेटमा भारतको उत्कृष्ट बलिङ स्पेल पनि हो ।

यस्तै, शामी एकदिवसीय विश्वकपमा सर्वाधिक ५ विकेट लिने बलर पनि बनेका छन् । यस मामिलामा उनले अष्ट्रेलियाका दिग्गज बलर मिचेल स्टार्कलाई पछाडि छोडेका छन् । शामीले एकदिवसीय विश्वकपमा चौथो पटक एक इनिङमा पाँच विकेट लिने कीर्तिमान बनाएका छन् ।

शामी विश्वकपको एक सिजनमा तीन खेलमा पाँच वा सोभन्दा बढी विकेट लिने विश्वकै पहिलो बलर समेत बनेका छन् । शामीले विश्वकप २०२३ मा तेस्रो पटक पाँच विकेट लिएका थिए । शामीले लिग चरणको खेलमा न्युजिल्यान्डविरुद्ध पाँच विकेट लिएका थिए । यो विश्वकपमा शामीले न्यूजिल्याण्डविरुद्धको दुई खेलमा कुल १२ विकेट लिए ।

शामी एकदिवसीय विश्वकपको एउटै संस्करणमा सर्वाधिक विकेट लिने बलर पनि बनेका छन् । फास्ट बलरले यस मामिलामा जाहिर खानलाई पछाडि छोडेका छन् । शामीले विश्वकप २०२३ मा हालसम्म ६ खेलमा २३ विकेट लिएका छन् । जाहिरले सन् २०११ मा कुल २१ विकेट लिएका थिए ।