• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

विराटको कीर्तिमानी शतकमा न्युजिल्याण्डलाई भारतको विशाल लक्ष्य



एजेन्सी । एकदिवसीय क्रिकेट विश्वकप अन्तर्गत पहिलो सेमिफाइनलमा भारतले न्युजिल्याण्डसामु ३९८ रनको विशाल लक्ष्य दिएको छ ।मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३९७ रन जोड्यो ।

भारतका लागि विराट कोहलीले कीर्तिमानी शतकीय पारी खेले । उनले ११३ बलमा ११७ रन जोडे । उनको यो एकदिवसीय क्रिकेटमा ५० औं शतक हो । उनले यस मामिलामा सचिन तेन्दुलकरलाई पछि पारे । सचिनले एकदिवसीय क्रिकेटमा ४९ शतक बनाएका थिए ।

यस्तै, श्रेयस ऐय्यरले ७० बलमा १०५ रनको शतकीय पारी खेले । शुभमन गिलले ६६ बलमा ८० रनको योगदान दिए । उनी चोट बोकेपछि रिटायर्ड हर्ट हुँदै मैदानबाट बाहिरिएका थिए । यस्तै रोहित शर्माले २९ बलमा ४७ रन बनाए भने केएल राहुल ३९ रनमा अविजित रहे ।

बलिङतर्फ न्युजिल्याण्डका टिम साउथीले ३ तथा ट्रेन्ट बोल्टले एक विकेट लिए ।