२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भारतले राम्रो खेल्दैछ तर सेमिफाइनल खेल्ने चारै टिम बराबर छन्’



अ+ अ-

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनल खेल आज बुधबार भारत र न्यूजिल्याण्डबीच हुँदैछ । यो खेल मुम्बईको वानखेडे स्टेडियममा दिउँसो सवा २ बजे सुरु हुनेछ । खेलअघि न्यूजिल्याण्ड टोलीका कप्तान केन विलियम्सनले पत्रकार सम्मेलनमा सेमिफाइनल खेल्ने चारै टोली बराबर रहेको बताए ।

विलियम्सनले विश्वकप भारतका लागि उत्कृष्ट रह्यो तर आफूहरुले पनि राम्रो क्रिकेट खेलेको बताउँदै सेमिफाइनल खेल्ने सबै टोली बराबर रहेको उल्लेख गरे ।

न्यूजिल्याण्ड टोलीका कप्तान विलियम्सनले भने ‘हामीलाई विश्वकपको सेमिफाइनलका लागि अण्डरडगको ट्याग दिइएको कारणले केहि पनि परिवर्तन गर्न आवश्यक छैन । यो विश्वकपमा भारतले उत्कृष्ट प्रदर्शन गरेको छ, तर मलाई लाग्छ हामीले पनि राम्रो खेल्यौं । हामी तपाईलाई बताउछौं कि अण्डरडग त्यो टोलीलाई दिइन्छ, जसको प्रदर्शन अपेक्षा भन्दा राम्रो भएको भनिन्छ ।’

विलियम्सनले अगाडि भने ‘भारतीय टोली अहिले विश्वको उत्कृष्ट टोलीमध्ये एक हो, तर जब हाम्रो दिन हुन्छ, तब हामी आफ्नो उत्कृष्ट प्रदर्शन गर्छौँ र विपक्षी टोलीलाई चुनौती दिन्छौँ । हामी हाम्रो राम्रो दिनमा जे पनि गर्न सक्छौं । कसैलाई पनि हराउन सक्छौं ।’

विलियम्सनले जब ठूला टूर्नामेन्ट खेलिन्छ तब खेलाडीहरूले बल र ब्याटबाट कसरी खेल्ने भनेर जान्नुपर्ने बताउँदै आफ्ना टोलीका सबै खेलाडीहरू आफ्नो भूमिकाबारे राम्ररी जानकार रहेको बताए ।