• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीसँग प्रधानमन्त्री मोदीको भेट ★   सहकारीसम्बन्धी संसदीय समितिको बैठक: शुक्रबार गृहसचिव र प्रहरी महानिरीक्षकसंग छलफल गर्ने ★   राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको छ: मन्त्री श्रेष्ठ ★   बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल ★   एमालेका मन्त्रीहरुको राजीनामा स्वीकृत: सबै मन्त्रालय कार्यभार प्रधानमन्त्री प्रचण्डलाई ★   मनसुन भित्रिएको २५ दिनमा नेपालमा ४५ जनाको मृत्यु, ८ करोड बढीको क्षति ★   अनन्त–राधिकाको विवाह समारोहमा प्रस्तुति दिन मुम्बई आईपुगे जस्टिन बिबर ★   बाढी प्रभावित भन्छन्: ‘अब हाम्रा दु:खका दिन सुरु भए’ ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने ★   नेता/कार्यकर्ताको सुझावअनुसार सर्वसहमतिबाट नेतृत्व चयन हुन्छ: सचिव श्रेष्ठ

क्रिकेट खेलाडी गुलशन झा सम्मानित



मलङ्गवा । राष्ट्रिय टोलीका क्रिकेट खेलाडी गुलशन झालाई एक कार्यक्रमबीच मलङ्गवामा सम्मान गरिएको छ ।

नेपालले टी–२० विश्वकपमा स्थान बनाउँदा क्रिकेट खेलाडी झाले उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले मंगलबार उनलाई सम्मान गरेको हो ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका–७, सगरदिना स्थायी घर भएका झा हाल सदरमुकाम मलङ्गवा–८ मा बसोबास गर्दै आएका छन् ।

क्रिकेट खेलको माध्यमबाट झाले सर्लाहीसहित देशको मानसम्मान अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गरेको उल्लेख गर्दै उनलाई सम्मान गरिएको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष टङ्क क्षेत्रीले जानकारी दिए । राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर झाको हौसला बढाउनका लागि अभिनन्दन गरिएको उनले बताए ।

जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, नेपाल पत्रकार महासङ्घका अध्यक्ष क्षेत्रीले संयुक्त रुपमा क्रिकेट खेलाडी झालाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरेका थिए ।