५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट खेलाडी गुलशन झा सम्मानित



अ+ अ-

मलङ्गवा । राष्ट्रिय टोलीका क्रिकेट खेलाडी गुलशन झालाई एक कार्यक्रमबीच मलङ्गवामा सम्मान गरिएको छ ।

नेपालले टी–२० विश्वकपमा स्थान बनाउँदा क्रिकेट खेलाडी झाले उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले मंगलबार उनलाई सम्मान गरेको हो ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका–७, सगरदिना स्थायी घर भएका झा हाल सदरमुकाम मलङ्गवा–८ मा बसोबास गर्दै आएका छन् ।

क्रिकेट खेलको माध्यमबाट झाले सर्लाहीसहित देशको मानसम्मान अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गरेको उल्लेख गर्दै उनलाई सम्मान गरिएको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष टङ्क क्षेत्रीले जानकारी दिए । राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर झाको हौसला बढाउनका लागि अभिनन्दन गरिएको उनले बताए ।

जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, नेपाल पत्रकार महासङ्घका अध्यक्ष क्षेत्रीले संयुक्त रुपमा क्रिकेट खेलाडी झालाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरेका थिए ।