२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केएल राहुलले तोडे रोहित शर्माको कीर्तिमान



अ+ अ-

एजेन्सी । भारतले आइतबार २०२३ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा सानदार प्रदर्शन गर्‍यो । नेदरल्याण्ड्सका बलरले भारतीय ब्याट्सम्यानविरुद्ध कुनै सफलता पाउन सकेनन् ।

पहिले ब्याटिङ गरेको भारतले ४१०र४ रनको ठूलो स्कोर बनायो । खेलमा केएल राहुलले रोहित शर्माले विश्वकपमा बनाएको शतकको कीर्तिमान भंग गरे ।

रोहित शर्माको टोलीले विश्वकपमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । भारतका शीर्ष ३ ब्याट्सम्यानले नेदरल्याण्डविरुद्ध ५० प्लस रन बनाएका छन् । जहाँ श्रेयस अय्यर (१२८ अविजित) र केएल राहुल (१०२)ले शतकीय पारी खेले । दुवैले यो विश्वकपमा पहिलो शतक बनाए ।

अय्यर र राहुलको जोडीले चौथो विकेटका लागि २०८ रनको साझेदारी गरे । दुईको शानदार प्रदर्शनका कारण भारतले खेलको अन्तिम ओभरमा ४ सय रनको अंक पार गर्यो । केएल राहुलले तीव्र ब्याटिङ गर्दै ६२ बलमा शतक बनाए । यो विश्वकपमा भारतीयले बनाएको सबैभन्दा छिटो शतक हो ।

यसअघि यो कीर्तिमान रोहित शर्माको नाममा थियो । रोहितले अफगानिस्तानविरुद्ध ६३ बलमा शतक बनाएका थिए । रोहित भन्दा पहिले वीरेन्द्र सहवागले सन् २००७ मा ८१ बलमा शतक बनाएका थिए । विराट कोहलीले सन् २०११ मा बंगलादेशविरुद्ध ८३ बलमा शतक बनाएका थिए ।