४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँबुखैरेनीबाट सयपत्री कतार निर्यात



अ+ अ-

पोखरा महानगरपालिका–१३ स्थित केवलकार मनकामना नर्सरीमा सयपत्री फूल टिप्दै एक महिला । तस्बिरः धनबहादुर गुरुङ / रासस

तनहुँ : जिल्लाको आँबुखैरेनी गाउँपालिकाले पहिलोपटक दोहाको कतारमा सयपत्री  निर्यात भएको छ ।

आँबुखैरेनी–१ स्थित याञ्चोक आमा समूह र आँधीमूल आमा समूहले उत्पादन गरेका सयपत्री कतार निर्यात गरिएको हो । व्यावसायिक फूलखेती थालेसँगै बाहिरबाट खरिद गरेर ल्याउनुपर्ने अवस्थाको अन्त्य भएको यान्चोक आमा समूहकी अध्यक्ष सुनिता आलेमगरले राससलाई जानकारी दिनुभयो ।

सधैँ चुल्हो र चौकामा मात्र सीमित हुने यहाँका महिला पछिल्ला समय आयआर्जनतर्फ उन्मुख भएका अध्यक्ष आलेमगरले बताउनुभयो । उत्पादनसँगै महिलाहरुलाई आयआर्जनमा जोड्न गाउँपालिका कार्यालयले फूलका बीउ अनुदानदेखि प्राविधिक सहयोगसम्म गर्दै आएको छ ।

दुवै आमा समूहले २१ रोपनी क्षेत्रफलमा लगाएको ३० हजार बोटबाट उत्पादित ८५ किलो फूल कतार निर्यात गरेका गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो । प्रतिकिलो रु पाँच सय ५० का दरले फूल निर्यात गरिएको हो ।

दोहाको रिजेन्सी मार्केटस्थित सुदान फ्लावरले नेपालबाट फूल लगेको त्यसका सञ्चालक  कविन्द्र कँडेलले राससलाई बताउनुभयो ।  रासस