२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप : नेदरल्यान्ड्स विरुद्ध भारतको ४१० रन



भारतीय ब्याट्सम्यान श्रेयस ऐयर (फाइल)
अ+ अ-

विश्वकप क्रिकेट अन्तर्गत लिगको अन्तिम खेलमा भारतले नेदरल्यान्ड्स विरुद्ध चार विकेटको क्षतिमा ४१० रन बनाएको छ । भारतका लागि श्रेयस ऐयर र के एल राहुलले शतक प्रहार गरेका थिए ।

यस विश्वकपमा एक पनि खेल नहारेको भारतले बैंगलोरमा टस जितेर पहिले ब्याटिङ रोजेको थियो । भारतका लागि श्रेयसले ९४ बलको सामना गरी अविजित १२८ रन बनाए । उनले ५ छक्का र १० चौका प्रहार गरेका थिए ।

यस्तै, केएल राहुलले ४ छक्का र ११ चौका मद्दतले ६४ बलमा १०२ रन बनाए । यस विश्वकपमा पहिलो शतक बनाउने क्रममा उनले केबल ६४ बल सामना गरेका थिए । उनी इनिङको अन्त्यतिर डी लीडको बलमा क्याचआउट भएका थिए ।

भारतका लागि कप्तान रोहित शर्माले ६१, शुभमन गिलले ५१ तथा विराट कोहलीले ५१ रन बनाए ।

नेदरल्यान्ड्सका लागि बास डी लीडले २, पल भान बीकेरन र मर्वले समान एकएक विकेट लिएका थिए ।

आजको खेल भारतका लागि अभ्यास खेलसरह रहेको छ किनभने भारत यसअघि नै लिगको अग्रस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।