२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बूढानीलकण्ठको आँगनीमा रैथाने उपजको हाटबजार सुरु



अ+ अ-

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले रैथाने उपजको हाटबजार सुरु गरेको छ ।

नगरपालिकाले आफ्ना किसानलाई उत्पादनको ‘उपयुक्त मूल्य दिने’ र कृषि उत्पादनलाई प्रबद्धर्न गर्ने उद्देश्यले हरेक शनिबार नगरपालिकाकै परिसरमा कृषि बजार सुरु गरेको हो ।

हाटबजारको बुढानीलकण्ठ नगरपालिकाकी बासिन्दा समेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रैथाने उपज खरिद गरेर शुभारम्म गर्नुभयो ।

मेलामा बूढानीलकण्ठका किसानले उत्पादन गरेको रैथाने कृषि उपज, दूग्धजन्य पदार्थ, कृषि औजार तथा रैथाने परिकारहरु बिक्री तथा प्रदर्शनको लागि राखिएको छ।

रैथाने उत्पादनलाई प्रोत्साहन गर्न नगरपालिकाले हरेक शनिबार ७ बजे देखि ११ बजेसम्म नगरकार्यपालिका परिसरमा यस्तो हाट बजार राख्न दिने उपप्रमुख अनिता लामाले जानकारी दिनुभयो ।




भर्खरै