२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बूढानीलकण्ठको आँगनीमा रैथाने उपजको हाटबजार सुरु



अ+ अ-

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले रैथाने उपजको हाटबजार सुरु गरेको छ ।

नगरपालिकाले आफ्ना किसानलाई उत्पादनको ‘उपयुक्त मूल्य दिने’ र कृषि उत्पादनलाई प्रबद्धर्न गर्ने उद्देश्यले हरेक शनिबार नगरपालिकाकै परिसरमा कृषि बजार सुरु गरेको हो ।

हाटबजारको बुढानीलकण्ठ नगरपालिकाकी बासिन्दा समेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रैथाने उपज खरिद गरेर शुभारम्म गर्नुभयो ।

मेलामा बूढानीलकण्ठका किसानले उत्पादन गरेको रैथाने कृषि उपज, दूग्धजन्य पदार्थ, कृषि औजार तथा रैथाने परिकारहरु बिक्री तथा प्रदर्शनको लागि राखिएको छ।

रैथाने उत्पादनलाई प्रोत्साहन गर्न नगरपालिकाले हरेक शनिबार ७ बजे देखि ११ बजेसम्म नगरकार्यपालिका परिसरमा यस्तो हाट बजार राख्न दिने उपप्रमुख अनिता लामाले जानकारी दिनुभयो ।