२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना

नेपाल संवत् उत्सव: काठमाडौँ महानगरपालिकाको सांस्कृतिक अर्केष्ट्रा- फोटो फिचर

११० जना कलाकारबाट २१ प्रकारका बाजामा १४ वटा प्रस्तुति

नेपाल संवत् उत्सव: काठमाडौँ महानगरपालिकाको सांस्कृतिक अर्केष्ट्रा- फोटो फिचर
अ अ+ अ-

काठमाडौँ । नेपाल संवत् नयाँ बर्षका अवसरमा आज काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले वसन्तपुरमा सांस्कृतिक अर्केष्ट्रा प्रस्तुत गरेको छ ।

महानगर स्वर्णिम योजनाको ‘सांस्कृतिक महानगर’ कार्यक्रम कार्यान्वयन गर्दै अर्केष्ट्रा प्रस्तुत गरिएको पर्यटन महाशाखा प्रमुख श्रीजु प्रधानले जानकारी दिनुभयो । ‘डवली पुनरुत्थान कार्यक्रमअन्तर्गत परम्परागत रुपमा सामाजिक क्रियाकलाप हुने गरेका डवलीहरुमा मौलिक प्रस्तुति तथा प्रदर्शनी गर्ने गरिएको छ ।’ यसै क्रममा बसन्तपुरको दश अवतार मन्दिर र डवलीमा कार्यक्रम गरिएको हो ।’ प्रधानले जानकारी दिनुभयो ।

नासः सृष्टि कलासँगको सहकार्यमा आयोजना गरिएको अर्केष्ट्रालाई बाद्यसम्राट न्हुच्छेबहादुर डंगोल र वरिष्ठ वाद्य गुरु धर्म मुनिकारले निर्देशन गर्नुभएको थियो । मुनिकार काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागमा कार्यरत हुनुहुन्छ । उहाँ स्वर्णिम योजना अन्तर्गत ‘सांस्कृतिक महानगर’ कार्यक्रमको फोकल पर्सन पनि हुनुहुन्छ । उहाँका अनुसार अर्केष्ट्रामा ११० जना कलाकारले २१ प्रकारका बाजामा १४ वटा प्रस्तुति गर्नुभएको थियो । प्रस्तुतिका लागि सकिएको बडा दशैँ, दिपावली, नेपाल संवत्, यस पछिको मंसिर महिना, अहिलेको ऋतुसँग सम्बन्धित परम्परागत बाद्य प्रस्तुति समेटिएको थियो ।

कार्यक्रम थालनी गर्नुअघि कलाकारहरुले हनुमानढोकाको लोँह चोकमा वादन अभ्यास गरेका थिए ।

प्रस्तुतिमा द्यः ल्यायेगु (संगीतका गुरुको प्रार्थाना) बाट अर्केष्ट्रा सुरु गरिएको थियो । यसमा तग्वः धिमे मुल बाजा हो । यससँग भुस्याः र घौ बाजा बजाइएको थियो । धुन्याप्वः मा तग्वः धिमे, धुन्या चाःहिकेगु मुख्य बाजा तथा भुस्याः र घौ सहायक बाजाका रुपमा बजाइएको थियो । धुन्या ज्यापू समुदायका युवाहरुलाई १२ बर्षमा १ पटक प्रशिक्षण दिइन्छ । छोरीलाई गुफा राखेर सूर्य दर्शन गराए जस्तै छोराहरुलाई बलाछ्व्ये गराएर प्रशिक्षण दिने गरिएको सांस्कृतिक महानगर स्वर्णिम योजनाका सम्पर्क व्यक्ति धर्म मुनिकारले जानकारी दिनुभयो ।


निस्तेनाथ ग्वारा बसन्त ऋतुवाहेक अन्य ऋतुमा बादन तथा गायन गरिन्छ । दाफा संगीतभित्र ग्वारा र चाली गरी २ प्रकारका गायत र बादन हुन्छ । यसको मुख्य बाजा खिं हो । यसका साथमा ताः, बबु र पोंगा बजाइन्छ । नेवार समुदायमा सगुन दिँदा, कसैलाई स्वागत गर्दा, फुलमाला गर्दा जस्ता शुभ कार्य गर्दा मंगल धुन बजाउने चलन छ । धिमे मुख्य बाजा र भुस्याः सहायक बाजा रहेको यो गायन तथा वादन बर्षौँदेखि जनबाद्य (सेतो मच्छिन्द्रनाथ) को भजन घरमा बादन र गायन गरिँदै आएको मुनिकारले जानकारी दिनुभयो । यसकारण यो धुनलाई सेतो मच्छिन्द्रनाथको धुन मान्न सकिने उहाँको तर्क छ । यी बादन तथा गायन प्रस्तुति अर्केष्ट्रामा राखिएको थियो ।

दशैँको कोगाज्रत पूर्णिमापछिको १ महिना धनाश्री जति राग बादन तथा गायन गर्ने चलन छ । यसअघिका करिब २ महिना (नेपाल संवत्अनुसार ञलाथ्व अष्टमीदेखि कोजाग्रत पूर्णिमासम्म) लामश्री धुन बजाउने तथा यस रागमा गाउने चलन छ । यसका लागि पछिमा मुल बाजा र ताः, झ्याली सहायक बाजाका रुपमा बजाइएको थियो । लसता म्ये (बय्) प्रस्तुतिको अर्को विषय हो । यो नेपाल संवतका अवसरमा मैतीदेवी जात्रामा बजाइन्छ । जात्रा मालीगाउँदेखि मैतीदेवी र मैतीदेवीदेखि मालीगाउँसम्म चलाउने गरिएको छ । यसमा गायन हुँदैन, वादन मात्र हुन्छ ।

झीगु खः नेपाल संवत् बोलको गीत अर्केष्ट्रामा समेटिएको थियो । धाः मुख्य बाजा र धिमे सहायक बाजा रहेको यस प्रस्तुतिमा नेपाल संवत्का विषयमा चर्चा गरिएको छ । कान्है मैचा नेवार समुदायमा प्रेमरससँग सम्बन्धित गीत हो । नाय्खिं मुख्य बाजा र छुस्या सहायक बाजा बजाएर प्रस्तुत गरिएको यो प्रस्तुतिबाट मंसिर आउन लागेको, यसबेला विवाहका कुरा चल्ने, युवा युवतीले आपसी प्रेमालापका कुरा गर्ने विषय समावेश छ । ऐला लुवया गीत (नेपाल भाषामा गाइएको अहिलेको चर्चित गीत) लाई मादल मुख्य र ताः, झ्याली सहायक बाजाका रुपमा बजाएर प्रस्तुत गरिएको थियो । वा माया वा बालबालिकाको खेलसँग सम्बन्धित गीत हो । यसलाई दं मुख्य बाजा र ताः झ्यालीलाई सहायक बाजाका रुपमा बजाएर प्रस्तुत गरिएको थियो ।

जयजय भैरव नाथ इन्द्रचोकमा रहेको आकाश भैरवको आराधनाका लागि गाइने भजन हो । यसलाई कान्तां डबडब मुख्य बाजा, ताः झ्याली सहायक बाजाका रुपमा बजाइएका थिए । नेवार समुदायमा प्रचलित प्रेम गीत झन जक माया बोलमा धोलक मुख्य बाजा, ताः झ्याली सहायक बाजाका रुपमा बजाइएको थियो ।

सबै प्रदेश, जातजाति र भाषाभाषीको प्रतिनिधित्व गर्दै सयथरी बाजा एउटै बोलको गीतमा बादन प्रस्तुत गरिएको थियो । यसै गरी सवालजवाफ शीर्षकमा सबै वाजाहरुको प्रस्तुति राखिएको थियो । यी सबै बादनमा बाँसुरी र साङ्गी राखिएको थियो ।