२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली र सभापति देउवाको एउटै दाउ



अ+ अ-

काठमाडौं । नयाँ सत्ता समीकरणमा जनता समाजवादी पार्टी निर्णायक देखिएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जसपालाई हात लिएर सत्ता हत्याउने दाउमा हुन् । 

तर, निर्णायक शक्ति जसपाले नयाँ सरकार गठनको विषयमा निर्णय लिन सकेको छैन । प्रधानमन्त्री एवं एमालेका अध्यक्षका केपी शर्मा ओलीसँग संघन छलफलमा रहेको जसपासँग प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि छलफल गरेको छ ।

पार्टीले गरेको निर्णयअनुसार कांग्रेसले माओवादी केन्द्र र जसपासँग छलफल थालेको हो । माओवादीले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न आफ्नो साथ रहने जवाफ दिए पनि जसपाले अहिलेसम्म कुनै पनि जवाफ नदिएकोले देउवाको नेतृत्वमा सरकार गठनको प्रक्रिया तत्काल अगाडि नबढ्ने कांग्रेसका एक नेताले बताए । ती नेताका अनुसार सरकारको नेतृत्व गर्न जसपाको साथ अनिवार्य रहेको र जसपाले साथ नदिने बित्तिकै सरकार गठनको काम अगाडि बढ्न सक्दैन ।

कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले ओली सरकार विस्थापित गरेर पार्टीको नेतृत्वमा सरकार गठन गर्नुपर्ने दबाब दिएपछि एक साताअघि बसेको केन्द्रीय कार्य समितिको बैठकले सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो । 

सो निर्णय कार्यान्वयन नभएको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाएपछि शुक्रबार सभापति देउवाले माओवादी केन्द्र र जसपासँग सरकार गठनको लागि छलफल गर्नुभएको थियो । उक्त छलफलमा नयाँ सरकार गठनको विषयलाई लिएर सभापति देउवा र पौडेलबीच भनाभन नै भएको थियो । नेपालसमाचारपत्र छ ।




भर्खरै