२५ मंसिर २०८२, बिहीबार
,
Latest
आज अन्तरराष्ट्रिय पर्वत दिवस एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै जेन–जीको एक समुह र सरकार–बीचको सम्झौता मिराज समुहले स्वीकार नगर्ने एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय टोलीको कप्तानमा इन्दु वर्मा नियुक्त



अ+ अ-

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा अलराउन्डर इन्दु वर्मा नियुक्त भएकी छिन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहिबार हङकङ टुरको लागि इन्दुलाई कप्तानको जिम्मेवारी दिएको हो । क्यानले यसअघि टोलीको कप्तान रहेकी रुविना क्षेत्रीलाई हटाएर इन्दुलाई नया कप्तानको घोषणा गरेको हो । यस्तै, बायाँ हाते ब्याटर विन्दु रावललाई उपकप्तान बनाइएको छ ।

हङकङ टुरको लागि क्यानले घोषणा गरेको टोलीमा कन्चन श्रेष्ठ, सोमु विष्ट र सोनी पाख्रिन नयाँ खेलाडी रहेका छन् ।

नेपालले हङकङमा चार देश सम्मिलित टि–२० सिरिज खेल्दैछ । उक्त प्रतियोगितामा नेपालसँगै तान्जानिया, जापान र हङकङले पनि खेल्नेछन् । नेपालले कार्तिक २९ गते तान्जानिया, कार्तिक ३० गते हङकङ र मंसिर २ मा जापानसँग खेल्नेछ । प्रतियोगिताबो फाइनल र तेस्रो स्थानको खेल मंसिर ३ मा हुनेछ ।

नेपाली टोली:

इन्दु वर्मा (कप्तान), विन्दु रावल (उपकप्तान), रुविना क्षेत्री, सिता रानामगर, अश्मिना कर्मचार्य, काजोल श्रेष्ठ, रोमा थापा, संगीता राई, सम्झना खड्का, खुसी डंगोल, पुजा महतो, कन्चन श्रेष्ठ, सोमु विष्ट, सोनी पाख्रिन ।