२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

युटुवर मनोज मानवलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति



अ+ अ-

काठमाडौं । युटुवर मनोज मानव भन्ने मनोजकुमार महतोलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

जिल्ला अदालत काठमाडौंले आज मनोजलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोलाई अनुमति दिएको हो ।

युटुवर मनोजले सामाजिक सञ्जाल टीकटक र फेसबुकमा आफ्नो तस्विर तथा श्रब्य दृष्य दुरुपयोग गरी चरित्र हत्या गर्ने उदेश्यले प्रकाशरण गरेको भन्दै एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

आज अदालतमा पेश गर्दा सात दिनको म्याद थप भएको र आवश्यक अनुसन्धान जारी रहेका ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० पशुपतिकुमार रायले जानकारी दिनुभयो ।