२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुत्ता पोलिस गरेरै कमाए महिनाको १८ लाख !



अ+ अ-

एजेन्सी । मानिसहरुले जस्तो काम पनि गरिररहेका हुन्छन् । काम अनुसार पैसा पनि थारै र धेरै हुने गर्छ । भनिन्छ काम ठूलो र सानो हुँदैन । यस्तै सानो कामबाट शुरु गरेमा भोली ठुलो हुँदै जान्छ ।

सानै कामबाट पनि धेरैले राम्रो कमाई गरिरहेका छन् । जुत्ता पालिस गर्ने काम हामी धेरै नै सानो मान्छौ । तर जुत्ता पालिस गरेर नै एक जनाले लाखौ कमाइरहेका छन् । तपाईलाई पत्यार नलाग्ला, तर डान वार्ड नामका एक व्यक्तिले जुत्ता पालिस गरेर नै लाखौ कमाउँछन् ।

उनी अमेरिकाको मैनहट्टन शहरमा बस्ने गर्छन् । उनी पहिले फोटो स्टुडियोमा काम गर्थे । तर उनलाई यस कामले गुजारा चलाउन नै गाह्रो भयो । उनले त्यो काम छोडेर जुत्ता पालिस गर्ने काम गरे ।

जुत्ता पालिस गरिरहेका उनी अहिले आफ्नो कामबाट सन्तुष्ट छन् । उनी रमाइला छन् । जुत्ता पालिस गर्ने समयमा उनले सबैलाई हसाइरहने गर्छन् । तपाईलाई अचम्म लाग्ला, उनले जुत्ता पालिस गरेर महिनामै १८ लाख रुपैयाँ कमाउँदै आएका छन् ।

उनी पसलमा बसेर हाँस्दै मानिसहरुलाई जुत्ता पोलिस गर्न आग्रह गर्छन् । उनले यस काम गर्दा धेरै मजा आएको र साथीहरुले गरेको देखेर आफुले यो काम गरेको बताएका छन् ।