१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोसी बाढी: उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिइने बाढीबाट क्षतिग्रस्त सडक–पुल पुनर्निर्माणमा जोड दिन सांसद कँडेलको माग हिमाली जलवायु तथा विपद् कोष स्थापना गर्न सरकारसँग वर्षमान पुनको माग ‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित



अ+ अ-

काठमाडौँ : उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले यही कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म संयुक्त अरब इमिरेट्स (यूएई)का लागि तय भएको भ्रमण स्थगित गर्नुभएको छ ।

दुवईमा आयोजना हुन लागेको १८औँ दुबइ एयरशो, २०२३ मा भाग लिन यूएईका युवराज मोहम्मद बिल रसिद अल मकतुमको निमन्त्रणामा उपप्रधानमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यूएई जाने कार्यक्रम तय भएको थियो । यसका लागि यही कात्तिक १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले भ्रमणको स्वीकृति समेत दिएको थियो ।

तर यही कात्तिक १७ गते शुक्रबार राति जाजरकोटमा ६.४ रेक्टरस्केलको भूकम्प गएपछि उद्धार तथा राहतमा सक्रिय भएकाले उपप्रधानमन्त्री खड्काले भ्रमणको कार्यक्रम स्थगित गर्नुभएको रक्षामन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाश पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“भूकम्प गएपश्चात जाजरकोट र रुकुमपश्चितलगायतका क्षेत्रमा ठूलो धनजनको क्षति भएको र प्रभावितहरुको उद्धार, राहत र पुनःस्थापनालगायतका काममा उपप्रधानमन्त्री खड्का स्वयम् निरन्तर क्रियाशिल रहनुभएकालबे यस विषम परिस्थितिमा वैदेशिक भ्रमणमा जान उपयुक्त नहुने निष्कर्षसहित यूएई भ्रमण रद्द गरिएको हो”, विज्ञप्तिमा उल्लेख छ ।




भर्खरै