• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पूर्व घोषित नगद पुरस्कार प्रदान – फोटोफिचर



काठमाडौँ । सरकारले आईसीसी सीडब्लुसी लिग– २ तथा एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पूर्व घोषित नगद पुरस्कार प्रदान गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षक समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्तले आईसीसी राष्ट्रिय क्रिकेट टोलीलाई पूर्व घोषित नगद पुरस्कार प्रदान गरेका हुन् ।

सो अवसरमा राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र राखेप बोर्ड तथा कार्यकारी समिति सदस्य नन्द बस्याल, राखेपका सदस्य अञ्जन धमला, नेपाल क्रिकेट संघका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा गत आइतबार सम्पन्न आईसीसी पुरुष टी– २० विश्व कपको एसिया क्षेत्र छनोटको फाइनलमा पुग्दै टी– २० विश्व कपमा स्थान पक्का गर्न सफल नेपाली टोलीलाई पनि बधाइ ज्ञापन गरिएको थियो ।