११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकटक बनाउने चक्करमा कर्णाली पुलबाट ३ जनाले फाल हानेपछि…



अ+ अ-

कैलाली । सामाजिक सञ्जालको प्रयोगबाट फाइदा लिन सके सुचना प्राप्त हुनुका साथै मनोरञ्जन पनि प्राप्त गर्न सकिन्छ । तर यसै सामाजिक सञ्जालको दुरुपयोग गरेमा यसले ज्यानै जाने पनि हुनसक्छ । 

यस्तै घटना कैलालीको कर्णाली पुलमा घटेको छ । अहिले युवामाझ निकै चर्चित बनेको सामाजिक सञ्जाल टिकटक बनाउने चक्करमा कर्णाली पुलबाट हाम फाल्दा १ जना बेपत्ता भएका छन् । शनिबार ३ जनाले टिकटक बनाउने भन्दै नदिमा फाल हानेका थिए ।

तीमध्ये लम्कीचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका छन्। उनीसँगै नदीमा हाम फालेका लम्कीचुहा नगरपालिका वडा नम्बर १ का १८ वर्षीय लोकेश प्याकुरेल र १७ वर्षीय वीरेन्द्र सिंहलाई सकुशल उद्दार गरिएको थियो ।

घाइते भएका प्याकुरेलको नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरू तिनै जना कक्षा १० मा अध्यनरत हुन् । बेपत्ताको खोजी जारी छ ।